भीमदत्त नगरपालिका क्षेत्र भित्र पर्ने सार्वजनिक सडक अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन शुरु

0

महेन्द्रनगर, कार्तिक ४
पुर्व पश्चिम राजमार्ग अन्र्तगत कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्र भित्र पर्ने सार्वजनिक सडक अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन शुरु गरिएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले भीमदत्त नगरपालिका, ट्राफिक प्रहरी, नमुना युवा समुह लगायतको सहयोगमा सार्वजनिक सडकको जमिन अतिक्रमण गरी बनाइएका खोका छाप्रा हटाउने काम भइ रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी लक्ष्मणदत्त जोशीले बताउनु भयो ।

उहाका अनुसार असोज २८ गते नै सुचना मार्फत जानकारी गराइएको भएपनि सार्वजनिक सडकको जमिन अतिक्रमण गरी बनाइएका खोका छाप्रा नहटाइएकाले भत्काउन सुरु गरिएको हो । सुचना अधिकारी जोशीले सडक विस्तारका लागि अतिक्रमित संरचना खाली गराइन लागिएको जानकारी दिनु भयो ।

आईतवारदेखि भीमदत्त नगरपालिकाको शिवमन्दिरदेखि चम्मनचौराहसम्मका अतिक्रमण गरी बनाइएका खोका छाप्रा हटाइएको बताउदै सुचना अधिकारी जोशीले पहिलो चरणमा भीमदत्त नगरपालिकाको गड्डाचौकीेदेखि भीमदत्त नगरपालिकाको बेरियलसम्मका अतिक्रमण गरी बनाइएका खोका छाप्रा हटाउनेक्रम जारी रहेको बताउनु भयो ।

सूचना अधिकारी जोशीका अनुसार पहिलो चरण अन्तर्गत शिवमन्दिरदेखि भाँसीसम्म र दोस्रो चरणमा गड्डाचौकीदेखि वेदकोट नगरपालिका–८ सुडाको काँङलापुलसम्म सडक विस्तार गरिनेछ ।

खोकाछाप्रा एवं ठेलाहरूलाई हटाइएको छ भने स्थायी संरचनाका अगाडि निर्माण भएका जस्ताबाट बनाइएका संरचना भत्काइएको छ ।

Share.

About Author

Leave A Reply