मन्त्री बिना मगरले पुनर्वासमा विद्युतको महशुल काउन्टरको शनिबार उद्घाटन गरे

0

महेन्द्रनगर, चैत्र १७
पश्चिम नेपालको कञ्चनपुर पुगेकी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले पुनर्वासमा विद्युतको महशुल काउन्टरको शनिबार उद्घाटन गरेकी छिन् ।नेपाल सरकारको पछिल्लो बिस्थारित मन्त्री मण्डलमा खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी पाएकी प्रचण्ड बुहारी बिना आफुले चुनाव जितेको निर्वाचन क्षेत्रमा मन्त्री बनेपछि पहिलो पटक पुगेकी हुन । मन्त्री बिनाले शनिबार कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित पुनर्वासमा नेपाल विद्युत प्राधिकरणको महशुल काउन्टरको उद्घाटन गरेकी हुन । ठूलो क्षेत्रफल भएको यस निर्वाचन क्षेत्रमा बेलौरीमा मात्रै महशुल बुझ्ने काउन्टर हुँदा पुनर्वास क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए । गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक बहुमतले बिजयी भएकी साँसद बिना मन्त्री बनेर पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आउँदा स्थानिय पार्टी नेता,कार्यकर्ता र जनताहरुबाट भव्य स्वागत पाएकी छिन् ।मन्त्री बने यता पहिलो पटक निर्वाचन क्षेत्र पुगेकी बिनाले पुनर्वासमा भव्य स्वागत,सम्मान र बधाई थापेकी थिइन् । मन्त्री बिनालाई आइबिआरडी बजार स्थित सहिद गेटमा स्वागत गरिएको थियो । शनिबार नै पुनर्वास उद्योग बाणिज्य संघले मन्त्री बिना,राष्ट्रिय सभा सदस्य इन्दु कडरिया र प्रदेश सभा सदस्य तारालामा तामाङलाई स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरेको थियो । यसरीनै मन्त्री मगरले पुनर्वास उच्च माविले आयोजना गरेको कार्यक्रममा स्वागत तथा बधाई थाप्न भ्याएकी थिइन । निर्वाचन क्षेत्रको दौडाहामा रहेकी मन्त्री बिना भोलि आइतबार बेलौरी नगरपालिका द्वारा आयोजित लगायतका कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको माओवादी केन्द्रका कञ्चनपुर संयोजक बिरबहादुर थापाले बताए ।

 

Share.

About Author

Leave A Reply