महाकाली अञ्चल अस्पतालका नवनियुक्त अध्यक्ष जोशीले पदभार समेत सम्हाले

0

महेन्द्रनगर, भाद्र ३
कंचनपुरको महाकाली अञ्चल अस्पतालका नवनियुक्त अध्यक्ष कृष्ण दत्त जोशी(बोक्सर)को स्वागत गरिएको छ । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी एव कर्मचारीले अध्यक्ष जोशीको एक कार्यक्रमका विच आज मंगलबार स्वागत गरेका हुन् । अध्यक्ष जोशीले पदभार समेत सम्हालेका छन् । कार्यक्रममा अस्पतालका सुचना अधिकारी केशव दत्त अवस्थीले अस्पतालको विषयमा अध्यक्ष जोशीलाई जानकारी गराउनु भएको थियो । महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठले अस्पतालमा लगानी आवश्यक रहेको औल्याउदै सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले अस्पताल सुधारका लागि आफुले पहल गर्ने बतउन’ भयो । अध्यक्ष जोशीले अस्पताललाई सधैका लागि रिर्फर सेन्टर हटाउने प्रतिवद्धता व्यक्ता गर्ने भयो । अध्यक्ष जोशीले अस्पताल चार धाम भएको बताउदै दुखित र पीडितको उपचार सेन्टर बनाउने आफ्नो संकल्प रहेको बताउनु भयो । अध्यक्ष जोशीले अस्पताल भित्रका केही व्यक्तिका विषयमा बाहिर बजारमा आएका विषय सत्य भए त्यस्ता कर्मचारीले समयमै सच्चिन आग्रह गर्नु भयो । अस्पताल नमुना बनाउने आफ्नो सपना रहेको बताउदै अध्यक्ष जोशीले कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी सबैको भित्र र बाहिर समाजको सम्पूर्ण तहतप्काले सहयोग गरे अस्पताल सुधार हुने दावि गर्न‘ भयो ।

Share.

About Author

Leave A Reply