महाकाली अस्पतालमा अक्सिजन खरीद गर्नका लागि भीमदत्त नगरपालिकाले सहयोग गर्ने

0

महेन्द्रनगर, असोज १७
कञ्चनपुरमा रहेको महाकाली अस्पतालमा अक्सिजन खरीद गर्नका लागि भीमदत्त नगरपालिकाले सहयोग गर्ने भएको छ ।

आज शुक्रवार महाकाली अस्पताल व्यवस्थापन समितिले आयोजना गरेको दशैं, तिहार र छठ पर्वको शुभ कामना आदानप्रदान कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि पँच लाख सहयोग गर्ने घोषणा गर्नु भएको हो ।

यसैगरी भीमदत्त नगरपालिका कार्यालय र भीनपा वडा नं. १८ ले अस्पतालको शव गृहका लागि दुई ओटा मर्करी चेम्बर उपलब्ध गराएका थिए ।

नगर प्रमुख विष्टले अस्पताल सुधार र स्तरोन्नतिका लागि स्थानीय सरकारबाट सकिने सबै सबै सहयोग र पहल गरिने प्रतिबद्धता समेत जनाउनु भयो ।

नगर प्रमुख विष्ट सहित संघीय साँसद निरुदेबी पाल, सुदूरपश्चिम प्रदेश सभा सदस्यद्वय लाल बहादुर खड्का र मान बहादुर सुनारले अस्पताल सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको महाकाली अस्पताल विकास समितिका सदस्य कृष्णानन्द भट्टले जानकारी दिनु भयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) को अध्यक्षतामा गरिएको कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी सहित सरोकारवालाहरुको सहभागीता रहेको थियो । अध्यक्ष जोशीले अस्पताल सुधारका लागि भौतिक र जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेकाले सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

Share.

About Author

Leave A Reply