महाकाली नदीमा निर्माणाधीन चार लेनको सडकसँगै बन्ने पुल निर्माणका लागि जग्गाको मुआब्जा वितरण शुरु

0

महेन्द्रनगर, असार २७
कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको सडकसँगै बन्ने पुल निर्माणका लागि जग्गाको मुआब्जा वितरण शुरु गरिएको छ । पक्की पुलसँगै बन्ने सडक विस्तारका लागि जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्ने कार्य नहुँदा निर्माण रोकिएको थियो । मुआब्जाका लागि सबै प्रक्रिया पूरा गरेर मुआब्जा रकम वितरणसमेत शुरु भइसकेको महाकाली पुल आयोजना कार्यालय भीमदत्तनगरका प्रमुख प्रदीप भण्डारीले बताउनुभयो । उहाँका अनुसार हालसम्म महाकाली नगरपालिका–१ महाकाली नदी पारी र भीमदत्तनगरपालिका–१२ ओदालीका गरी १७ जनाले मुआब्जा रकम लिइसकेका छन्। मुआब्जा स्वरुप दुई करोड ७८ लाख स्थानीयले बुझिसकेका छन् । पुलसँगै नदी वारीपारी गरी करीब ७.६ किलोमिटर सडक चार लेनको बन्नेछ । महाकाली पुल योजना कार्यालयले चालू आर्थिक वर्षको मसान्तसम्म मुआब्जा वितरण गरिने जनाएको छ ।

 

Share.

About Author

Leave A Reply