महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली पुल भएर आवत जावत गर्ने चार पाग्रे सवारी साधनमा रोक

0

महेन्द्रनगर, भाद्र २१
कञ्चनपुरको महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली पुल भएर आवत जावत गर्ने चार पाग्रे सवारी साधनमा रोक लगाइएको छ । महाकाली नदीमा १ लाख भन्दा बढि क्युसेक पानी पुगेकाले चार पाग्रे सवारी साधनको आवत जावतमा आज दिउसो १२ बजे देखि नै रोक लगाइएको गड्डाचौकी प्रहरीले शुक्लाफाटा एफ.एमलाई जानकारी दिएको छ । गड्डाचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक तुलाराज गिरीका अनुसार आज बिहान ६ बजेतिर महाकाली नदीमा पानीको बहाव ९७ हजार ४ सय १० क्युसेक मापन गरिएकोमा मध्ये दिउसो १२ बजेतिर पानीको वहाव वढेर १ लाख ३५ हजार ३ सय २४ क्युसेक पुगेको थियो । ४ बजेको मापन अनुसार पानीको वाहाव १ लाख ५० हजार क्युसेक पुगेको प्रहरी सहायक निरीक्षक गिरीले जानकारी दिनु भएको छ । शुक्रबार रातिदेखि कन्चनपुर लगायत चुरे क्षेत्रमा परेको भारी वर्षापछि महाकाली नदीमा पानीको बहाव वढेको प्रहरीले बताएको छ ।

Share.

About Author

Leave A Reply