महाकाली राजमार्गको खम्तोलामा एकआपसमा ठोक्किए बस र जिप, तीन जना घाइते

0

महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ-गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका-४ खम्तोलामा बस र जीप एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। दार्चुलाबाट काठमाडौंका लागि छुटेको ना ६ ख १२२३ नम्बरको बस र दार्चुलातर्फ गइरहेको से १ ज २९५ नम्बरको जिप बिहीबार दिउँसो १ बजेतिर एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा दार्चुलाको दुहुँ गाउँपालिका-५ का ४२ वर्षीय रणबहादुर बम, बैतडीको डिलाशैनी गाउँपालिका ३ का ४२ वर्षीय गोपाल औजी र उनकी ४० वर्षीया श्रीमती तारा औजी सामान्य घाइते भएको खोचलेक प्रहरी चौकीका इन्चार्ज शंकरदत्त भट्टले जानकारी दिए। घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। 

बस र जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साघुँरो सडक, तीव्र गति र घुम्तीमा हर्न नबजाएका कारण बस र जिप एक आपसमा ठोक्किएका इन्चार्ज भट्टले बताए।

Share.

About Author

Leave A Reply