महिला मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरलाई बेरुजु भुक्तानी गर्न अनावश्यक तनाव

0

महेन्द्रनगर, कार्तिक ३
कञ्चनपुरको भीमदत्त नगरपालिकाले महिला मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरलाई बेरुजु भुक्तानी गर्न अनावश्यक तनाव दिइ रहेको सञ्जालले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

भीमदत्त नगरपालिकाकाले आर्थिक वर्ष २०७४)७५ मा घर सजावट तालिमको लागि रु. १ लाख ५० हजार भुक्तानी भइ बजेट खर्च जनाउदा पारिश्रमिक कर कट्टी गरिएको रकम रु. ८ हजार ९ सय २५ खातामा दाखिदा गर्नूपर्ने भनि महिला मानव अधिकार रक्षक सञ्जालको नाममा बेरुजु देखाएको सञ्जालका कञ्चनपुर अध्यक्ष भगवती थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

साथै सञ्जालले आजका मितिसम्म भीमदत्त नगरपालिकाबाट कुनै पनि बजेट लिइ कार्यक्रम नगरेको जानकारी नगरपालिकालाई गराउदा गराउदै पनि सञ्जालका पदाधिकारीहरुलाई पटकपटक मानसिक तनाव दिइ रहेकाले उक्त कुराको सत्य तथ्य छानविन गर्नका लागि सम्बन्धित सम्पुर्ण निकायसंग अनुरोध समेत गरेको छ ।

यता भीमदत्त नगरपालिकासंग सो विषयमा बुझ्दा भीमदत्त नगरपालिकाले भने बेरुजु प्रतिवेदनमा उल्लेख भइ अनुसार बेरुजु भुक्तानीका लागि भनिएको बताउदै यदि गल्ती भएको भए त्यो सच्याइने बताएको छ ।

भीमदत्त नगरपालिकाको लेखा शाखाले यस विषयमा आफुले थप बुझ्ने र जानकारी गराउने बताएको छ ।

Share.

About Author

Leave A Reply