मुख्यमन्त्री त्रीलोचन भट्टले बजेट ब्यबस्थित र समयमै कार्यान्वयन गर्न सबै मन्त्रालयका सचिव सहित महाशाखा प्रमुखलाइ निर्देशन

0

महेन्द्रनगर, बैशाख ३१
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले बजेट ब्यबस्थित र समयमै कार्यान्वयन गर्न सबै मन्त्रालयका सचिव सहित महाशाखा प्रमुखलाइ निर्देशन दिनु भएको छ । आज सबै सचीवहरु र महाशाखा प्रमुखहरूलाई मुख्यमन्त्री कार्यालयमै बोलाइ मुख्यमन्त्री भट्टले निर्देशन दिनु भएको मुख्यमन्त्रीका स्वकीय सचीव शिवसिङ ओलीले बताउनु भयो । नेपालको सविंधान २०७२ को व्यवस्था अनुसार संघ सरकारले जेठ १५ गतेमा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १५ भित्रै ल्याउनु पर्ने व्यवस्था रहेको छ । सोही अनुरुप काम गर्न मुख्यमन्त्री भट्टले पनि आज संम्बन्धित सबैलाई निर्देशन दिनु भएको हो । गत बर्ष २५ अर्बको बजेट ल्याएको सुदुरपश्चिम प्रदेश सरकारले यो बर्ष ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । सविधानले असार १५ गतेभित्रै सबै तहको बजेट ल्याउने व्यबस्था गरेको भएपनि पुजिगत खर्च भने निकै कम भएको छ । यो आर्थिक बर्षको बैशाख मसान्तसम्म सुदुरपश्चिममा पुजिगत तर्फ १६ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

Share.

About Author

Leave A Reply