मेडिकल कलेजको पूर्वाधार निर्माणको कामले गति लियो

0

महेन्द्रनगर, चैत्र १७

A view of the under-construction Geta Medical College in Dhangadi, Kailali, on Tuesday, November 7, 2017. Photo: THT

प्रदेश ७ मा मेडिकल कलेज स्थापनाको घोषणा भएको आठ वर्षपछि पूर्वाधार निर्माणको कामले गति पाएको छ । ‘विविध कारणले अल्झिरहेको काम तीव्र रूपमा अगाडि बढेको मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताउनु भयो । अस्पताल, शैक्षिक, प्रशासनिक भवन, छात्रवास लगायत छवटा ठूला भवन निर्माण भइरहेका छन् । आवास गृह, थप छात्रावास भवन, क्यान्टिन, कुरुवा घरलगायत साना–ठूला गरि एक दर्जन भवन निर्माणको काम सुरु हुने तयारी रहेको निर्देशक पुराजाले बताउनुभयो ।अस्पताल भवनको काम ३५ प्रतिशत सम्पन्न भएको जनाएको छ । शैक्षिक भवनको काम ३३ प्रतिशत र छात्रावास भवनको काम १० प्रतिशत पूरा निर्माण कम्पनीले जनाएको छ । जमिन खन्दा पानी निस्केपछि छात्रवास भवनको काम केही ढिला गरी सुरु भएको हो । कुनै अवरोध नभएपनि मोहनापुल–अत्तरीया सडकमा पर्ने विद्युतका पोल सार्न आयोजना कार्यालय उदासिन देखिएको छ । पोल सार्नकालागि आयोजना कार्यालय र विद्युत प्राधिकरण विच सम्झौता भएको तिन साता वितिसक्दा समेत अझै काम सुरु नभएको हो । गर्मी बढ्दै गएकाले तत्काल पोल नसारीए बैशाख जेठमा पोल सार्ने नाममा विद्युत अवरुद्ध हुने र त्यसले ठुलो समस्या ल्याउने देखिएको छ । पोल सार्ने विषयमा सहमति दिइसकेको तर सार्ने जिम्मेवारी आयोजनाकै भएको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले बताउनुभयो । यसअघि विद्युत प्राधीकरण र मोहनापुल–अत्तरीया ६ लेन सडक आयोजना कार्यालयले लाईन सार्ने विषयमा आ–आफ्नै अडान राखेपछि लाईन सार्ने विषय सडक निर्माण सुरु भएको ९ महिना सम्म पनि ओझेलमा परेको थियो । ।

 

Share.

About Author

Leave A Reply