यार्सागुम्बा संकलन गरिएको तीन महिना बितिसक्दा समेत मूल्य निर्धारण हुन सकेन

0

यार्सागुम्बा संकलन गरिएको तीन महिना बितिसक्दा समेत मूल्य निर्धारण हुन नसकेपछि यतिखेर बझाङका अधिकांश गाउमा यार्सागुम्बा थन्किएको छ । विश्वमै बहुमूल्य बुटीको रुपमा रहेको यार्सागुम्बाको मूल्य निर्धारण हुन नसकि यार्सागुम्बा थन्किएपछि यहँका यार्सागुम्बा संकलकहरू अन्योलमा परेका छन् । बझाङमा यस वर्ष जेठ महिनाको पहिलो सातादेखि साउन महिनाको दोस्रो सातासम्म हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन कार्य भएको थियो । तीन महिनाको कडा परिश्रमबाट संकलन गरिएको यर्सागुम्बाको मूल्य निर्धारण नभई यार्सागुम्बा बिक्री वितरण हुन सकेपछि बझाङका यार्सा संकलकहरू मर्कामा परेका छन् । गत वर्ष प्रतिकेजी १८ लाख रुपैयाँका दरले खरिद बिक्री भएको यार्सागुम्बा यसवर्ष भाव घटेको भन्दै ठेकेदारले प्रतिकेजी ८ लाख भन्दा बढी मूल्य हाल्न नमाने पछि संकलकहरूका यार्सागुम्बा कोठामै थन्किएका हुन् । मूल्य निर्धारण नभइसकेपछि आफूहरुले संकलन गरेको यार्सागुम्बा कोठामै राखिएको दुर्गाथली गाउपालिका ७ का गोविन्द्र दौल्यालले जानकारी दिनु भयो । झण्डै सात क्विन्टल यार्सा संकलन हुने बझाङमा हालसम्म जिल्ला बाहिरबाट भने यार्सागुम्बा खरिद गर्ने ठेकेदारहरू भित्रिएका छैनन् । यार्सा संकलकरूले केही मात्रामा यार्सागुम्बा ताक्लाकोट भन्सार पुर्‍याएको खबर प्राप्त भए पनि बझाङका अधिकांश यार्सागुम्बा भने संकलकहरूको कोठामा थन्किएको छ । बझाङका यार्सा संकलकहरु बजारमा उचित मुल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा कोठामा थन्क्याएर राख्न बाध्य छन् । गतवर्ष यार्सागुम्बाको भाउ आकासिए पनि यस वर्ष भने हालसम्म मुल्य निर्धारण हुन सकेको छैन । हरेक वर्ष केही मात्रामा यार्सागुम्बा संकलन गर्दै आएका स्थानीय ठेकेदारहरू पनि मूल्य निर्धारण नभएको भन्दै मौन बसेका छन् । यार्सागुम्बा संकलनको समयमा ठेकेदार मार्फत्त पेश्की रकम लिएका यार्सा संकलकहरूले मूल्य निर्धारण भएपछि रकम पाउने भन्दै केही यार्सागुम्बा बिक्री गरेको भएता पनि अधिकांश यार्सा संकलकहरूले भने यार्सागुम्बा थन्क्याएर राखेका छन् । बझाङको सुर्मा, दौलिचौर, दहबगर, काँडा, दाँतोला, मेलविसौना, सैनपसेला लगायत उत्तरी भेगका बासिन्दा वर्षेनी यार्सा संकलन गर्दछन् ।

Share.

About Author

Leave A Reply