यो वर्ष धानबाली भित्र्याउने समयमै खरिद मूल्य निर्धारण

0

महेन्द्रनगर, असोज ०८
सरकारले यो वर्ष धानबाली भित्र्याउने समयमै खरिद मूल्य निर्धारण गरेको छ । तोकिएको मूल्यमा खरिद बिक्रीलाई कडाइका साथ कार्यान्वयन गराउन प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । सम्बन्धित जिल्लाका प्रशासन कार्यालयलाई खरिद बिक्रीको अनुगमनमा प्रभावकारी भूमिका निर्वाह गर्न भनेको छ । विगतमा धानको मूल्य निर्धारणमा ढिलाइ हुदा कैलाली र कञ्चनपुरका किसान न्यून मूल्यमा धान बिक्री गर्न बाध्य रहेका थिए । यो वर्ष मोटो धानको मूल्य प्रति क्विन्टल २ हजार ३ सय निर्धारण गरिएको छ । गत वर्ष २ हजार २ सय थियो । मध्यम धानको मूल्य २ हजार ४ सय ६० रुपैया प्रति क्विन्टल तोकिएको छ । गत वर्ष भन्दा यो वर्षको मूल्यमा १२ पैसा मात्र वृद्धि गरिएको छ । खरिद मूल्य तोकिएपछि किसानहरूले निर्धा्रित मूल्यमै बिक्री गर्न पाउनेछन । खाद्य संस्थान र बीउ बिजन कार्यालयले मात्रै सरकारले तोकेको मूल्यमा धान खरिद गर्छन । उनीहरूले खरिद गर्ने परिमाण सीमित छ । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले निर्धा्रित मूल्यमै खरिद बिक्रीलाई कडाइका साथ कार्यान्वयन गरिने बताउनु भयो । खाद्य संस्थानको सेती अञ्चल कार्यालयले ७ हजार मेट्रिक टन मात्र खरिद गर्ने योजना बनाएको छ । बीउ बिजन कम्पनी लिमिटेडले ५ सय टन मात्रै खरिद गर्नेछ । व्यापारीहरूले २५ हजार क्विन्टल धान खरिद गर्ने सम्बन्धित व्यावसायिक संस्थाहरूले जनाएका छन ।

Share.

About Author

Leave A Reply