राष्ट्रिय विखण्डनको मुद्दालाई जनतासंग जोडन खोजेको हो भने त्यो स्वीकार्य नहुने, कमल थापा

0

महेन्द्रनगर, फागुन २५
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सिके रावतले राष्ट्रिय अखण्डता र संविधानप्रति प्रतिवद्धता गरेको हो भने त्यस्तो व्यक्ति वा समूहलाई स्थान दिइनुपर्ने बताउनु भएको छ । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सरकार र सिके राउतबीच भएको सहमतिको सर्तकता पूर्वक स्वागत गरिनु पर्ने बताउनु भयो । सामाजिक सञ्जालमार्फत मधेस अलग्गै राज्य हुने विषयमा जनमत संग्रह हुने कुरा लेखेको देखिएको उहाले बताउनु भयो । त्यसो हो भने त्यो सहमति शंकास्पद रहेको उहाको भनाई छ । राष्ट्रिय विखण्डनको मुद्दालाई जनतासंग जोडन खोजेको हो भने त्यो स्वीकार्य नहुने उहाले बताउनु भयो । सरकाले एक हप्ताभित्र यस बारेको धारणा स्पष्ट पार्नु पर्ने उहाको भनाई रहेको छ । धारणा नआए त्यसविरुद्ध आन्दोलन गर्ने समेत उहाले चेतावनी दिनु भयो । निर्मला पन्तको हत्यामा पहुचवालाको हात छ भन्ने सुनिने गरेकाले सरकारले अपराधी समात्नेभन्दा लुकाउने कार्य गर्छ भने त्यो भन्दा अक्षम्य अपराध केही हुन नसक्ने उहाले बताउनु भयो । त्यसैगरी उहाले जनताले परिर्वतनको अनुभूति गर्न नपाएको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनस्तरमा सुधार नभएसम्म जनताले राजनीतिक परिवर्तनको अनुभूति गर्न नसक्ने धारणा राख्नुभयो । उहँले जनभावना अनुसार काम गर्न सरकारसित आग्रह गर्दै राष्ट्र विखण्डनको विषय कदापी स्वीकार्य नहुने बताउनु भयो । लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम रहेको अध्यक्ष थापाको आरोप थियो ।

Share.

About Author

Leave A Reply