लक्ष्य अनुसारको प्रगति गर्न नसक्दा प्रदेश नम्बर ७, प्रदेश सरकारले चालू आर्थिक वर्ष मा करिब ४० प्रतिशत बजेट खर्च

0

महेन्द्रनगर, असार २७
प्रदेश नम्बर ७, प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४÷०७५ मा करिब ४० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश नम्बर ७, प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४÷०७५ मा करिब ४० प्रतिशत बजेट खर्च गरेको छ । हिजो सम्म ३९ दशमलव ९१ प्रतिशत बजेट खर्च भएको प्रदेश नम्बर ७ को प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । प्रदेश सरकारले वैशाख पहिलो साता एक अर्ब पाच करोड रुपैयाको आशिंक बजेट ल्याएको थियो । अध्ययन, अनुसन्धान र अनुगमन मा केन्द्रित भएर ल्याइएको बजेट आधा पनि खर्च हुन सकेको छैेन । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालूतर्फ १५ करोड ४४ लाख १८ हजार र पूजीगततर्फ दुई करोड ७५ लाख ६७ हजार गरी कुल १८ करोड १९ लाख ८६ हजर रुपैया प्रदेश सरकारले खर्च गरेको छ । चालूतर्फ छुट्टयाइएको बजेट ५१ दशलव ४५ प्रतिशत खर्च भए पनि विकास अर्थात पूँजीगत बजेट भने जम्मा १७ दशमलव ६९ प्रतिशत मात्रै सरकारले खर्च गर्न सक्यो । प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८६ करोड ८० लाख १४ हजार रुपैया बजेट खर्च गर्न नसक्ने देखिएको छ ।
त्यसैगरी आर्थिक वर्ष सकिन ५ दिन बाकी रहेका बेला कैलालीमा ७५ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । विकासे कार्यालयहरुले  ७५ प्रतिशत मात्र विकास बजेट खर्च गरेका हुुन् । आर्थिक वर्षको अन्त्य हुनै लाग्दा समेत २५ प्रतिशत विकास बजेट खर्च हुन नसकेपछि ठुलो रकम फ्रिज जाने देखिएको छ । चालु आर्थिक वर्षमा कैलालीको कुल विकास बजेट ५ अर्ब ९९ करोड ३३ लाख रहेकोमा आर्थिक बर्ष सकिनै लाग्दा पनि ४ अर्ब ३९ करोड ३२ लाख मात्रै खर्च हुन सकेको हो । अझै २७ प्रतिशत विकास बजेट खर्च हुन बाकी रहेको छ भने चालु तर्फ भने ९५ प्रतिशत प्रगती भएको कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका कोष नियन्त्रक मदनराज पाण्डेयले वताउनुभयो । जिल्लाका ठुला विकासे कार्यालयहरुले लक्ष्य अनुसार काम नगर्दा पुँजीगत खर्चको अवस्था सन्तोशजनक नदेखिएको हो ।

 

Share.

About Author

Leave A Reply