वडाध्यक्ष कुँवरद्धारा वडा कार्यालय र गाउमै पुगेर नगद रकम वितरण

0

महेन्द्रनगर, श्रावण ५
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष आसेफ कुवर (भुन्टु)ले आफ्नो तलबको रकम जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई वितरण गर्नु भएको छ । अध्यक्ष कुवरले आर्थिक बर्ष २०७५र०७६ एक बर्षमा पाएको रकम वडाका जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्नु भएको हो । आज वडाध्यक्ष कुँवरले वडा कार्यालय र गाउमै पुगेर नगद रकम वितरण गर्नु भएको हो । १५ सयका दरले १ सय ६२ जना जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका व्यक्तिलाई रकम वितरण गर्नु भएको हो । अध्यक्ष कुवरले वडाबाट उनीहरुको कार्ड बनाएर रकम वितरण गरेको बताउदै आगाी दिनमा पनि सहयोग गर्ने बताउनु भयो । वडाध्यक्ष कुँवरले गत बर्षदेखि आफुले पाउने पारिश्रमिकको रकम नलिने घोषणा गर्नु भएको थियो । ७० वर्ष भन्दा माथिका वृद्धवृद्धाहरुलाई र अपागंता भएकाहरुलाई सानै भएपनि सहयोग गरेको वडा अध्यक्ष कुवरले शुक्लाफाटा एफ्.एमलाई जानकारी दिनु भयो । शुक्लाफाटा एफ्.एमसंग कुराकानी गर्दै उहाले छुटेका केही वृद्धवृद्धा र अपागंता भएका व्यक्तिहरुलाई पछि वितरण गरी बताउनु भयो । साथै उहाले आर्थिक अवस्था कमजोर भएर कक्षा ११ मा भर्ना हुन नसकेका अर्का एक जनालाई पनि सहयोग गर्ने बताउनु भयो । अध्यक्ष कुँवरले निर्वाचनकै बेला जनतासंग गरेको बाचा अनुसार सरकारले दिने तलब नलिने घोषणा गर्नु भएको थियो ।

Share.

About Author

Leave A Reply