विकास र समृद्धिका लागि आदीवासी जनजातिहरुले निर्वाह गरेको भुमिका अतुलनीय, अशोक चन्द

0

महेन्द्रनगर, असोज १७
कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले विकास र समृद्धिका लागि आवश्यक पुर्वाधार निर्माणका लागि आदीवासी जनजातिहरुले निर्वाह गरेको भुमिका अतुलनीय रहेको बताउनु भएको छ ।

आज शुक्रवार कञ्चनपुरको वेदकोट नगरपालिकाको लालपुरमा थारु समुदायले आयोजना गरेको दशै पर्वको शुभ कामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रममा बा्ल्दै उहाले सो कुरा बताउनु भएको हो ।

साथै नगर प्रमुख चन्दले सम्पुर्ण समुदायको सास्कृति सम्पदाको संरक्षण गर्नका लागि सबै जना एकजुट हुनुपर्ने बताउनु भयो ।

थारु समुदायको संस्कृति तथा पहिचानको संरक्षण गर्नका लागि वेदकोट नगरपालिकाले सहयोग गर्ने पनि उहाले प्रतिवद्धता व्यक्त गर्नु भयो । बडघर, भलमन्सा, मटहवा महासंघका केन्द्रिय उपाध्यक्ष धिरेन्द्र डगौराको सभापतित्व रहेको सो कार्यक्रमका प्रमुख अतिथि तत्कालिन जिल्ला पञ्चायत कञ्चनपुरका सभापति जोगराम डगौरा रहनु भएको थियो ।

कार्यक्रमको आयोजना बड्घर, भलमन्सा, मटहवा महासंघ केन्द्रिय कार्य समितिले गरेको थियो भने सह आयोजकमा बड्घर, भलमन्सा, मटहवा वेदकोट नगर कमिटि रहेको थियो ।

कार्यक्रममा थारु समुदायले विभिन्न चाडपर्वका समयमा गाउने गीतहरु प्रस्तुत गरीनुका साथै थारु समुदायका मौलिक नृत्यहरु समेत प्रस्तुत गरीएको थियो ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका प्रतिनिधी, विभिन्न टोलका भलमन्सा, थारु अगुवा, थारु बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Share.

About Author

Leave A Reply