विकास र सम्वृद्धिको सपना सुदुरपश्चिम प्रदेशबाट शुरु गर्न नेकपाको नेतृत्वसंग आग्रह

0

महेन्द्रनगर, कार्तिक १
अबको विकास र सम्वृद्धिको सपना सुदुरपश्चिम प्रदेशबाट शुरु गर्न यस प्रदेशका नेताहरुले नेकपाको नेतृत्वसंग आग्रह गरेका छन् ।

विगतमाविभिन्न पक्षबाट सुदूरपश्चिम प्रदेश हेपिएको भन्दै त्यसको ब्याज स्वरुप यसै प्रदेशबाट विकासका काम अगाडी बढाउँन उनिहरुले आग्रह गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिमको आयोजनामा जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा बोल्दै नेताहरुले यस्तो बताएका हुुन् । प्रशिक्षणको उद्वघाटन सत्रमा बोल्दै नेकपाका स्थायि कमिटी सदस्य तथा नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले देशभरमै नेकपाको बहुमत रहेको बताउदै सुदूरपश्चिको विकासमा नेतृत्व सकारात्मक बन्नुपर्ने बताउनुभयो ।

जनताको मतको कदर र बहुमतको निरन्तरताकालागि प्रदेशको विकासमा केन्द्र तहबाट र पार्टीको शीर्ष तहबाट विशेष पहल हुनुपर्नेमा रावलले जोड दिनुभयो ।

नेकपाका स्थायि कमिटी सदस्य लेखराज भट्टले पनि सुदूरपश्चिमको विकासमा नेतृत्व सजग बन्नुपर्नेे बताउनु भयो । प्रदेशको भौतिपूर्वाधार र सडक सञ्जाल विस्तारकालागि पहल गर्न उहाले नेकपाका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई आग्रह गर्नुभयो ।

लामो समय पछि निर्वाचित भएका जनप्रतिनिधिको क्षमता अभिवृद्धि र नैतिकता विकासका लागि नेकपाले वृहत प्रशिक्षण आयोजना गरेको हो । प्रशिक्षणले पार्टीएकता पछि पार्टी शसक्तिकरणमा पनि टेवा पुग्ने विश्वास लिएको छ ।

पछिल्लो समय कार्यकर्तामा गुुटगत स्वार्थ र विगतमा विफल भएजस्तो अनुसासनको कमि हावीभए जस्तो देखिएको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले यसको अन्त्य हुनु पर्ने बताउनु भयो ।

उहाले त्यसका लागि र समग्र नेकपाको राष्ट्रिय राजनीतिका लागि समेत यो प्रशिक्षण महत्वपूर्ण हुने बताउनु भयो । यस क्षेत्रमा रहेका राष्ट्रिय गौरवका आयोजनाको निरन्तरताका लागी पार्टी र सरकारसंग आफुले पहल गर्ने अध्यक्ष प्रचण्डले आश्वसन दिनुभयो ।

प्रशिक्षण नेकपाबाट निर्वाचित प्रदेशका ८८ वटै स्थानीय तहका जनप्रतिनिधिको सहभागीता रहेको छ । प्रशिक्षणले सुविधाभोगी व्यवहारको अन्त्य, आचरण र अनुसासनको पाठ सिकाएर जनमताको कदरसहित पार्टी सुदृढिकरणमा टेवापुग्ने नेकपाको अपेक्षा छ ।

Share.

About Author

Leave A Reply