विपिन बुक्स एण्ड स्टेशनरीलाइ विद्यार्थी सङ्गठनले बन्द गराए

0

महेन्द्रनगर, श्रावण १
विद्यार्थीलाई लोक सेवा आयोगको फारम भरिदिन्छु भन्दै ठगी गर्ने कंचनपुरको विपिन बुक्स एण्ड स्टेशनरीलाइ विद्यार्थी सङ्गठनले बन्द गराएका छन् ।

लोक सेवा आयोगले विभिन्न पदमा आव्हान गरेको दरखास्त आवेदनमा विद्यार्थीलाई ठगेको भन्दै आज बुधवार बिहान विद्यार्थी सङ्गठनले महेन्द्रनगरको गल्ली नम्वर १ स्थित विपिन बुक्स एण्ड स्टेशनर्स बन्द गराएका हुन् ।

नेवि सङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थी नेताहरूले आवेदन कर्ता विद्यार्थीलाई ठगेको भन्दै पसलै बन्द गराएर ठगी गर्नेमाथि कारबाहीको माग राखेका छन् ।

विपिन बुक्सका सञ्चालकले अधिकांश विद्यार्थीबाट दोब्बर दस्तुर लिएर पनि फारम नभरेको, भरेपनि प्रमाण पत्र परिर्वतन गराएकाले विद्यार्थी ठग्दै गएपछि पसलै बन्द गराएको नेवि सङ्घका केन्द्रीय सह महामन्त्री अच्युत कलौनीले बताउनु भयो ।

विद्यार्थी नेताहरूले पसलका सञ्चालकका भाइ बताउने खेमराज पौडेल र राजु ढकाललाई प्रहरीको जिम्मा लगाएका छन् । उनीहरूलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका दुवै जनाले कुनै पनि विद्यार्थी नठगेको बताएका छन् । विपिन पुस्तकका सञ्चालकका भाइ बताउने राजु ढकालले कुनै पनि विद्यार्थीलाई नठगेको र हजारौंको काम गर्दा मानवीय त्रृटि हुनसक्ने बताउनु भएको छ ।
तर यता वडा प्रहरी कार्यालय महेन्द्रनगरले भने सहमति पश्चात विवादको अन्त्य भएको बताएको छ । अप्रिय घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दे पसलका सञ्चालकका भाइ बताउने खेमराज पौडेल र राजु ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि सहमति पश्चात विवाद साम्य भएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी जवान गणेश कुवरले शुक्लाफाटा एफ्.एमलाई जानकारी दिनु भयो ।

Share.

About Author

Leave A Reply