‘विप्लव’ समूहका २ जना पक्राउ

0

महेन्द्रनगर, असार २३
बाजुरामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज विप्लव समुहमा कार्यकर्ताहरु धुलाचौरमा रहेको भन्ने खबर पाएपछि वाजुरा प्रहरीले टोली पठाएर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका ईन्सपेक्टर लोकेन्द्रसिह गुरुले शुक्लाफाटा एफ्.एमलाई जानकारी दिनु भयो । शुक्लाफाटा एफ्.एमसंग कुराकानी गर्दै उहाले पक्राउ गरीएका दुबै जना मुगु जिल्लाका जिल्ला कमिटि सदस्यहरु रहेको र उनीहरुलाई पक्राउ गरी सकेपछि जिल्ला प्रहरी कार्यालय मुगुलाई बुझाइएको जानकारी दिनु भयो । प्रहरी टोलिले हिमाली गाउँपालिकाको धुलाचौरबाट विप्लव समूहका मुगु जिल्ला कमिटी सदस्य खत्याड गाउँपालिका वडा नम्वर ८ का बाँचे दमाई र नन्दविर ढोलीलाई पक्राउ गरेको हो । यसैगरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता डडेल्धुराबाट पनि पक्राउ परेका छन् । देशभर विप्लव समूहले गतिविधि बढाइरहेका बेला डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराई पक्राउ परेका हुन ्। सोमबार इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयको टोलीले उनीहरुलाई गाँउबाटै पक्राउ गरेके हो । पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागि सोमबारै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक पाण्डेयले बताउनु भयो ।

Share.

About Author

Leave A Reply