विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न भनेकाले पनि राजश्वमा गिरावट

0

महेन्द्रनगर, श्रावण २

OLYMPUS DIGITAL CAMERA

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न नसकको जनाएको छ । आव ०७५(७६ मा रु ४० करोड १२ लाख ६२ हजार राजश्व सङ्कलनको वार्षिक लक्ष्य लिएको कचनपुर भन्सारले रु ३६ करोड ६७ लाख राजश्व मात्र सङ्कलन गरेको छ । आर्थिक मसान्तको अन्तिमतिर भारतबाट तरकारी, चिनीलगायतका वस्तु कम भित्रिएकाले राजश्व सङ्कलनमा कमी आएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताउनु भयो ।सरकरले विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न भनेकाले पनि राजश्वमा गिरावट आएको बताउदे प्रमुख भन्सार अधिकृत अधिकारीले विगतको भन्दा राजश्व सङ्कलनको दायरा पनि बढ्दै गएको बताउनु भएको बताउनु भयो । आर्थिक वर्ष २०७४)७५ मा भन्सार कार्यालयले रु ३२ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरेको थियो । गड्डाचौकी भन्सारबाट पिना (तोरीको) अदुवा, राइस ब्रान र जडीबुटीमा तेजपात तथा रिठ्ठा निर्यात हुने गरेको छ । गड्डाचौकीपारि भारतको सिमा क्षेत्रमा प्लाण्ट क्वारेन्टाइन नहुदा पनि यहँबाट निकासी कम हुने गरेको अधिकारीले बताउनु भयो । गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामान, तरकारी, लत्ताकपडा र हार्डवेयर सामानहरु बढी मात्रामा आयात हुने गरेको छ ।

Share.

About Author

Leave A Reply