वेदकोट नगरपालिकामा वडा अध्यक्ष, कार्यपालिका सदस्यको सहभागितामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

0

महेन्द्रनगर, भाद्र २७
अहिले देशैभर फैलि रहेको डेंगु रोग नियन्त्रण गर्नका लागि र रोगबाट बच्नका लागि कञ्चनपुरको वेदकोट नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान सम्बन्धि सरोकारवालाहरुसंगको १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको वेदकोट नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक हरीषा पालल् जानकारी दिनु भयो । अभिमुखीकरण कार्यक्रममा वेदकोट नगरपालिकाका प्रमुख, उपप्रमुख, नगरपालिका अन्र्तगतका विभिन्न फाटहरुका प्रमुख, विभिन्न शाखाका प्रमुख, वेदकोट नगरपालिका अन्र्तगतका सम्पुर्ण वडाहरुका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागितामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । साथै सो कार्यक्रममा उद्योग वाणिज्य संघ वेदकोट नगरपालिका, महिला स्वास्थ्य स्वमेसेविका स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो । श्रोत व्यक्तिका रुपमा महाकाली अस्पतालका डा.बैभव भट्ट रहनु भएो थियो भने सहजीकरण हाल डडेल्धुरा स्वास्थ्य कार्यालयमा कार्यरत भेक्टर कन्टोल सुपरभाइजर हरी प्रसाद भट्टले गर्नु भएको स्वास्थ्य शाखा संयोजक पालले जानकारी दिनु भयो । यसैगरी भोली वेदकोट नगरपालिकाको वडा नम्बर ७ बाट डेंगु रोग सार्ने लामखुट्टेको खोजी गरी लार्भा नष्ट गर्ने अभियान शुरु गरीने वेदकोट नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । साथै सो अभियान वेदकोट नगरपालिकाका सम्पुर्ण वडाहरु तथा विद्यालयहरुमा पाि सञ्चालन गरीने जनाइएको छ ।

Share.

About Author

Leave A Reply