शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ३ मा हिजोदेखि एक घरधुरी एक बोट विरुवा वितरण गर्ने अभियान शुरु

0

महेन्द्रनगर, श्रावण २३
कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ३ मा हिजोदेखि एक घरधुरी एक बोट विरुवा वितरण गर्ने अभियान शुरु भएको छ । वातावरण संरक्षण गर्ने र स्वच्छ वातावरणको सिर्जना गर्नका लागि विरुवा वितरण कार्य भइ रहेको वडा नम्बर ३ को कार्यालयले जनाएको छ । वडा नम्बर ३ को वडा कार्यालयले साडे ४ सय घरधुरीलाई विरुवा वितरण गरीरहेको हाम्रा सहकर्मी दानसिह डगौराले बताउनु भएको छ । आप लिची नास्पाती र कागतीको विरुवा वितरण भइ रहेको वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरीले बताउनु भयो । वितरण भइ रहेको बोटविरुवा शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ७ जुराको धामी नर्सरीबाट रु४० हजारमा ल्याइएको समेत वडा अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।

Share.

About Author

Leave A Reply