शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा ९९ संैयाकोे अस्पताल निर्माण गर्ने भनेर कांग्रेसले छुट्याएको बजेट वर्तमान सरकारले काटेको बडूको आरोप

0

महेन्द्रनगर, जेठ ३०
नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले नेपाली कांग्रेको नेतृत्वमा सरकार भएका बेला जिल्लामा सुरु गरेका ठूल्ठूला विकास निर्माणका कामहरु नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सरकार आएसंगै रोकिएको आरोप लगाएका छन् ।

 

पार्टी कार्यक्रममा सहभागि हुन गृह जिल्ला दार्चुला आएका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य बडूले मंगलबार कांग्रेसको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

 

प्रतिनिधिसभा सदस्य बडूले कांग्रेसको सरकार भएका बेला सुरु गरिएका विभिन्न विकास निर्माणका योजनाहरुको बजेट काटेको बताएका छन् । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा ९९ संैयाकोे अस्पताल निर्माण गर्ने भनेर कांग्रेसले छुट्याएको बजेट वर्तमान सरकारले काटेको बडूको आरोप छ ।

 

वर्तमान सरकारले स्वास्थ्य क्षेत्र जस्तो सम्वेदनशिल क्षेत्रमा राजनीति गरेर बजेट कटौती गरेको प्रति बडुले आपत्ति जनाउनुभयो । दार्चुलाको समग्र विकास कांग्रेसले मात्रै गर्न सक्ने भन्दै प्रतिनिधिसभा सदस्य बडूले विष्फोटक पदार्थ अभावमा निर्माण कार्य रोकिएको दार्चुला–तिंकर सडक निर्माणका लागि नेपाली सेनासंग समन्वय गरेर १० टन विष्फोटक पदार्थ तत्काल आउने बताए ।

 

अर्को प्रसंगमा बोल्दै सदस्य बडूले वर्तमान सरकारले ल्याएको बजेट आफैमा गलत भएको दाबी समेत गरेका छन् ।

 

Share.

About Author

Leave A Reply