संघीय समपुरक कोषको ४० प्रतिशत र वेदकोट नगरपालिकाको ६० प्रतिशत लगानीमा सडक कालापत्रे

0

महेन्द्रनगर, असार ३
कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजी चौराहादेखि दैजी स्वास्थ्य चँैकीसम्मको सडक कालोपत्रे गर्ने काम भइ रहेको छ । रु.१ करोड १३ लाख २४ हजारको लागतमा १४ सय मीटर लामो सडक कालोपत्रे गर्न लागिएको वेदकोट नगरपालिकाको योजना शाखाका इन्जिनियर छत्तीस बहादुर शाहीले जानकारी दिनु भयो । दैजी छेला सडक अन्र्तगत दैजी चौराहादेखि दैजी स्वास्थ्य चौकीसम्मको सडक निर्माण हुनु राम्रो भएपनि आर्थिक वर्षको अन्त्यतिर आएर सडकको कालोपत्रे गर्ने काम शुरु हुनुले सडकको कालोपत्रेको दिगोपनामा प्रश्न खडा गरेको स्थानियहरुको भनाई छ । आर्थिक वर्षका अन्त्यतिर आएर विकास निर्माणका कामहरु गर्दा दिगो नहुने र ठेकेदारले पनि गुणस्तरमा खासै ध्यान नदिने भएकाले कालोपत्रे केही दिनमै उप्किने पो होकि भन्ने प्रश्न समेत उब्जिएको वेदकोट नगरपालिका दैजीका वासिन्दाहरुले बताएका छन् । तर यता वेदकोट नगरपालिका कार्यालयले भने संघीय समपुरक कोषको रकम नै ढिलो आएकाले सडक कालापत्रेको काम ढिलोगरी शुरु भएको दाबी गरेको छ । संघीय समपुरक कोषको ४० प्रतिशत र वेदकोट नगरपालिकाको ६० प्रतिशत लगानीमा सडक कालापत्रे भइ रहेको छ । चैततिर संघीय समपुरक कोषको रकम आएको र सो रकम आएको केही दिनमै सडक कालोपत्रे गर्नका लागि सुचना जारी गरेर ठेक्कापट्टाको काम शुरु भएको वेदकोट नगरपालिका योजना शाखाका इन्जिनियर छत्तीस बहादुर शाहीले बताउनु भयो । २ लेनको उक्त सडक कालोपत्रे गर्ने ठेक्का रस्मी विल्डर्शले पाएको उहाले बताउनु भयो । साथै उहाले सडक निर्माणको समय समयमा अनुगमन भइ रहेको हुदा सडकको कालोपत्रे नउप्कने कुरामा ढुक्क वन्न स्थानियलाइ आग्रह गर्नु भएको छ । ठेकेदारले लापरबाही नगरी काम गरेमा असार १५ गतेसम्म सडक कालोपत्रेको काम सम्पन्न हुने वेदकोट नगरपालिकाको कार्यालयले जनाएको छ ।

Share.

About Author

Leave A Reply