समग्र सुदुरपश्चिमको बिकासको मोडेल कैलाली क्षेत्र नम्बर ४, पूर्वमन्त्री लेखराज भट्ट

0

महेन्द्रनगर, जेठ ५
पूर्वमन्त्री लेखराज भट्टले कैलाली क्षेत्र नम्बर ४ ले अब समग्र सुदुरपश्चिमलाई नेत्रित्व गर्ने बताउनु भएको छ । समग्र सुदुरपश्चिमको बिकासको मोडेल कस्तो हुने भन्ने कुरो यसै क्षेत्रको गुरुयोजनाबाट निर्माण हुने बताउनु भयो । आज उहाले आफ्नै अगुवाईमा क्षेत्र नम्बर ४ का जनप्रतिनिधीहरुसँग आगामी बजेटमा प्रदेश र केन्द्र सरकारले समेटनु पर्ने निती तथा कार्यक्रम बारे छलफल गर्दै यस्तो बताउनु भएको हो । उहाले सुदुरपश्चिम प्रदेशको राजधानी कैलाली हुने र त्यसको सचिबालय गोदावरीको वडा नम्वर २ र ४ मा हुने हुनु पर्नेमा शुरुमा केही भाषागत तुर्टी भएको बताउनु भयो । केन्द्र अत्तरियालाई मानेर यस क्षेत्रको बिकासको मोडेल अन्य तिर फैलाउनु पर्नेमा उहाको जोड रहेको छ । उहाले अहिले विकासको नाममा जथाभाबी सडक बनाउने कार्य रोक्नु पर्ने बताउनु भयो । नेकपा पोलिटब्युरो सदस्य समेत रहेका नेता भट्टले बिकासको काम गर्दा प्रतिपक्षलाई पनि सँगै लैजानु पर्ने बताउनु भयो । अहिले हिजो को सत्ता नभएको बताउंदै नेता भट्टले हामी अहिले नयाँ सत्तामा रहेकाले पुराना शैलीमा कार्य गरे ठीक ठाउँमा नपुगिन बताउनु भयो । बिकासको काममा उपभोक्ता समिती सँग मिलेर कमिसिन खाने जनप्रतिनिधी बन्न नसक्ने भट्टको भनाई छ ।

Share.

About Author

Leave A Reply