समाजिक सेवाका लागि अनाथ बालबालिकालाई सहयोग

0

महेन्द्रनगर, असार २६
महेन्द्रनगरको न्यू मदर्श बेकर्स एण्ड रेष्टुरेन्टले महाकाली अञ्चल बाल अनाथालयमा बस्दै आएका अनाथ बालबालिकालाई शैक्षिक समाग्री एव फलफुल वितरण गरेको छ । बेकर्स संचालन गरेको एक बर्ष पुरा गरेको अवसरमा मंगलबार अनाथलाई शैक्षिक समाग्री, फलफुल एव खाद्यान्न वितरण गरेको हो । न्यू मदर्श बेकर्स एण्ड रेष्टुरेन्टका संचालक प्रमानन्द मिश्रले समाजिक सेवाका लागि अनाथ बालबालिकालाई सहयोग गरेको बताए । उनका अनुसार हरेक अनाथ बालबालिकालाई कापि, कलम, खाद्यान्न एव फलफुल वितरण गरिएको छ । यस्तै मर्दश बेकरी उद्योगले हरेक शनिबार अनाथ बालबालिकालाई क्रिरिम पाउरोटी उपलब्ध गराउने भएको छ । मर्दश बेकरी उद्योगका संचालक लक्ष्मण मिश्रले अनाथ बालबालिका निकै पीडा, कष्टभर अभावको जीवन भोक्ने भएकाले उनीहरुलाई पारिवारिक अनुभूति दिलाउनका लागि हरेक शनिबार नास्ताका रुपमा पाउरोटी उपलब्ध गराउने बताए । ‘अनाथको पीडा, अभाव उसैलाई थाहा हुन्छ, ‘उनले भने, ‘जसले भोकेको छ ।’ महाकाली बाल अञ्चल अनाथालयका कोषाध्यक्ष लवराज भट्टले समाजिक सेवाका भावना भएका दाविहरुबाटै अनाथालय संचालनमा सहजता भएको बताए । उनका अनुसार हाल अञ्चल अनाथालयमा २१ बालबालिका बस्दै आएका छन् ।

 

Share.

About Author

Leave A Reply