सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशभर एकसाथ राष्ट्रिय जागरण अभियान सुरु

0

महेन्द्रनगर, बैशाख २५
सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशभर एकसाथ राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । देशका ७७ जिल्ला र बाहिरका ३३ मुलुकमा चलाइने अभियानको पार्टी नीति, कार्यक्रम र संशोधित विधानको बहस अभियानको मुख्य एजेण्डा बनाइएको काँग्रेसले जनाएको छ । संसदमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा बोलेको भाषा र सभामुखको भूमिका पनि मुख्य एजेण्डामा परेको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले बताउनुभयो । हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान नाम दिइएको अभियान तीन चरणमा वर्षभरि चल्ने छ । वर्षभरी नै सरकारले गरेका कमजोरीलाई अभियान मार्फत जनताका बिचमा लैजाने प्रमुख सचेतक खाडले बताउनुभयो । अभियानका सहभागि सांसदले भने अवरोधका बिच नीति तथा कार्यक्रम पारित हुनलाई एजेण्डा बनाउने कांग्रेस सांसद डा.डिला संग्रौलाले बताउनुभयो । नेपाली राजनीतिमा एकै स्वरूपको पहिलो कार्यक्रमको रूपमा रहेको अभियानमा महिलाकै विरोधपछि एकजना महिला वक्ता अनिवार्य गरिएको छ ।

Share.

About Author

Leave A Reply