सानै उमेरमा विवाह गरेका कारण बझाङ जिल्लाका महिलाहरुको पाठेघर खस्ने समस्या बढ्दै

0

महेन्द्रनगर जेठ २९
सानै उमेरमा विवाह गरेका कारण बझाङ जिल्लाका महिलाहरुको पाठेघर खस्ने समस्या बढ्दै गएको जिल्ला अस्पतालका कार्यलय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताउनु भएको छ ।

यस सम्बन्धी एकीन तथ्याङ्क नभए पनि अहिले तथ्याङ्क लिने काम भई रहेको उहाले बताउनु भयो । बझाङमा महिलाहरुमा पाठेघर खस्नुको कारण सानै उमेरमा विवाह गरी गर्भवती हुनु, छिटो गर्भवती हुनु, सरसफाईमा ध्यान नदीनु, गर्भा अवस्थामा धेरै काम गर्नु , घरमै सुत्केरी हुनु, पोषीलो खाने कुरा खान नपाउनु लगायतका कारण रहेका डाक्टर ओखेडाको भनाई छ ।

जिल्ला अस्पताल र जिल्लामा संचालीत सबै स्वास्थ्य संस्थाहरुको तथ्याङ्क हेर्दा ६० प्रतिशत भन्दा बढि महिलाहरुमा पाठेघरको समस्या भएको कार्यालय प्रमुख डाक्टर ओखेडाले बताउनु भयो ।

सुत्केरी भएको समयमा महिलालाई बढी पोषीलो खाने कुरा दिनु पर्ने भए पनि बझाङमा देवि देउता रिसाउने भन्दै गाई भैसीको दुध दही, ध्यु, मह समेत खान नदीने प्रचलन लगायतका रुढीबादी परम्पराका कारण महिलाहरु कमजोर भएर पाठेघर खस्ने समस्या देखा परेको उहाले बताउनु भयो ।

केही समय अघि युएन एपिएले बझाङ जिल्लामा गरेको सर्बेक्षण अनुसार बझाङमा ४१ प्रतिशत भन्दा बढी बाल विवाह रहेको युएनएपिए बझाङका जिल्ला संयोजक धन बहादुर लम्सालले बताउनु भयो ।

समाजमा आफु अपहेलीत हुने डरका कारण वझाङका महिलाहरुको पाठेघर खसेको भए पनि रोग लुकाएर बस्ने गरेको जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बताउनु भयो ।

परिवारका सदस्य र समाजले अपहेलना गर्ने भएका कारण महिलाहरु यो रोगलाई लुकाएर बस्ने गरेको उहाको बुझाई छ । जिल्ला अस्पतालले पाठेघर खसेका महिलाहरुको निशुल्क शल्यत्रिया गर्ने शिवीर संचालन गरे पनि सबै महिलाहरु उपचार गराउन नआउने गरेको उहाले बताउनु भयो ।

Share.

About Author

Leave A Reply