साफ १५ वर्ष मुनिको फुटबल प्रतियोगिता भारतमा हुने

0

महेन्द्रनगर, श्रावण १४
साफ १५ वर्ष मुनिको फुटबल प्रतियोगिता भारतमा हुने भएको छ । भारतको पश्चिम बंगालमा रहेको कल्याणी रंगशालामा भदौको चार गतेदेखि प्रतियोगिता सुरु हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन् । २०१८ को उप(विजेता पाकिस्तानले यस पटक यो प्रतियोगिता नखेल्ने जनाएको छ । समूह चरणको नतिजाका आधारमा शीर्ष २ टिमकाबीचमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा नेपाल र भारत खेल्नेछन् भने प्रतियोगिताको फाइनल खेल भदौ १४ गते हुनेछ । उद्घाटनकै दिनको दोस्रो खेल श्रीलंका र भुटानबीच हुनेछ । यसैगरी भदौ ६ गते नेपाल र श्रीलंका तथा भुटान र बंगलादेशले पनि खेल्नेछन् । भदौ आठ गते भने नेपालको कुनै पनि खेल छैन । त्यस दिन बंगलादेश र श्रीलंका तथा भारत र भुटानबीच खेल हुनेछन् । भदौ १० गते नेपाल र बंगलादेश तथा भारत र श्रीलंकाले खेल्नेछन् । समूह चरणको अन्तिम खेलमा भदौ १२ गते नेपालले भुटानसँग तथा बंगलादेशले र भारतसँग खेल्नेछन् । गएको वर्ष काठमाण्डौमा भएको १५ वर्ष मुनिको साफ फुटबलमा नेपाल चौथो भएको थियो । यसपटकको प्रतियोगिताका लागि नेपाली टिमले तयारी सुरु गरिसकेको छ ।

Share.

About Author

Leave A Reply