सामाजिक विकृतिलाई नियन्त्रण गर्न कैलालीको लम्कीचुहा नगरपालिकाका सरोकारवालाहरुले प्रहरीलाई आग्रह गरे

0

महेन्द्रनगर, श्रावण २५
सामाजिक विकृतिलाई नियन्त्रण गर्न कैलालीको लम्कीचुहा नगरपालिकाका सरोकारवालाहरुले प्रहरीलाई आग्रह गरेका छन् ।

सामाजिक रुपमा देखा परेका बिभिन्न सामाजिक बिकृतिहरुलाई नियन्त्रणका लागी दिर्घकालिन योजना बनाउन लम्कीचुहा नगरपालिका जनप्रतिनिधि,ब्यवसायी र सामाजिक अगुवाहरुले प्रहरीलाई अग्रह गरेका हुन् । ईलाका प्रहरी कार्यालय लम्कीमा सरुवा भई आउनु भएका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दको स्वागत तथा परिचायात्मक कार्यक्रममा बोल्दै बक्ताहरुले सो क्षेत्रमा पछिल्लो समय बिभिन्न सामाजिक बिकृती बढ्दै गएको हुदा त्यसले शान्ति सुरक्षामा केही हद सम्म बढुवा दिएकोले नियन्त्रणका लागी दिर्घकालीन योजना बनाउन आग्रह गरेका हुन ।

आज ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख बनी आएका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दसंग परीचयात्मक कार्यक्रममा आग्रह गरीएको हो ।

बिशेष गरि अहिले बालबालिका तथा युवाहरुमा लागुऔषध दुब्यसनी,जुवातास,केही होटलहरुमा देहब्यपारको भयाबह स्थीति देखा परेको हुदा प्रमुख रुपमा यसलाई नियन्त्रणका लागी प्रभाबकारी कार्यक्रम ल्याउन सुझाब दिइएको हो ।

शान्ति सुरक्षाको कार्यलाई बिशुद्ध र सच्छ ढंगबाट सम्पादन गर्न लम्कीचुहा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष बिष्णु प्रसाद ढकालले सुभाव दिनु भएको थियो । जहिले पनि घटना घटेर अपराधि फरार भएकै अवस्थामा ढिलो गरि प्रहरी प्रशासन पुग्ने हुदा प्रहरीले सधै चनाखो बन्न वडा नं.३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनेले आग्रह गर्नु भयो ।

लागुऔषध तथा मदिरा जन्य पदार्थको प्रयोगले गर्दा समाजमा चोरी डकैती,बलात्कार,हत्या,हिंशा जस्ता घटना घट्ने हुदा यसलाई नियन्त्रण गर्नका लागी जनचेतना मुलक कार्यक्रमको आयोजना गर्न वडा नं.५ का वडा अध्यक्ष माया बिष्टले बताउनु भयो ।

सो क्षेत्रको शान्ति सुरक्षाको लागी नितिगत कुनै पनि कसुर बाकी नराख्ने ईलाका प्रहरी कार्यालय लम्कीका नव प्रमुख प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

सामुदायिक प्रहरी,प्रहरी समझदारी देश भरी नै लागु भएको हुदा सबै संगको समन्वय र सहकार्यको माध्यमबाट आफु संग उपलब्ध श्रोत साधनको भरपुर प्रयोग गरि शान्ति सुरक्षामा लाग्ने बिश्वास दिलाउनु भएको छ । स्वागत तथा परिचयात्म कार्यक्रममा समाजिक अगुवा रतन सुनार,राम बहादुर बिष्ट,शुशिला शाही,नर बहादुर खड्का,शिक्षक रण बहादुर भण्डारी,महेश बिष्ट,रमा बादी लगाएतका ब्यक्तिहरुले सुझाव सल्लाहा ब्यक्त गर्नु भएको थियो ।

Share.

About Author

Leave A Reply