सिकलसेल एनिमियाका बिरामीहरुको उपचारका लागि प्रदेश सरकारले पहल गर्ने

0

महेन्द्रनगर, कार्तिक ६
सिकलसेल एनिमियाका बिरामीहरुको उपचारका लागि प्रदेश सरकारले पहल गर्ने सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनु भएको छ । आज बुधवार कञ्चनपुरमा आयोजित सिकलसेल एनिमिया रोग सम्बन्धी अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रममा उहाले सो कुरा बताउनु भएको हो ।

विशेषगरी थारु समुदायमा देखिने सिकलसेल एनिमिया रोगको उपचार गर्न बजेटको अभाव नभएपनि पनि बजेटको सदुपयोगमा भने ध्यान दिनुपर्ने कञ्चनपुरमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

महाकाली अस्पतालको आयोजनामा बुधवार आयोजित सिकलसेल एनिमिया रोग सम्बन्धी अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् ।

सुदुरपश्चिम प्रदेशमा सिकलसेल एनिमिया रोगको अवस्थाका बारेमा जानकारी गराउनु हुदै डा. सुवाशराज कायस्थले सेती प्रादेशिक अस्पतालमा अहिलेसम्म ६ सय २० जना सिकलसेल एनिमियाका विरामी र घोडाघोडी अस्पतालमा पनि २ सय ९४ जना सिकलसेल एनिमियाका विरामीहरुले उपचार गराएको जानकारी दिनु भयो । साथै डाक्टर कायस्थले सरकारले सिकलसेल एनिमिया रोगका विरामीलाई रु. १ लाख सम्मको को उपचार खर्च प्रदान गरी रहेकाले रोगको समयमै पहिचान गर्न र बजेटको सदुपयोग गर्न आग्रह गर्नु भयो ।

सिकलसेल एनिमिया वशांनुगत रोग भएको बताउदै उहाले रोगको पहिचान समयमै हुन सकेमा उपचार गर्न सजिलो हुने बताउनु भयो । साथै डाक्टर कायस्थले महाकाली अस्पतालमा पनि पुर्वाधारहरु पर्याप्त रहदा रहदै पनि बाहिर नकारात्मक शन्देश गइ रहेकाले अस्पतालको व्यवस्थापनमा सबैले लाग्नु पर्ने बताउनु भयो ।

अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी रहनु भएको छ भने सुदुरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्का, तारालामा तामाङ, विभिन्न राजनितिक दलका प्रतिनिधी, स्वास्थ्य क्षेत्रसंग सम्बन्धीत व्यक्तिहरु, थारु समुदायका प्रतिनिधी, पत्रकारहरुको सहभागिता रहेको छ ।

Share.

About Author

Leave A Reply