सुदूरपश्चिमका नौ जिल्लामा ४४ दशमलव ४१ प्रतिशत रोपाइ

0

महेन्द्रनगर, असार २५

रोपाई

सुदूरपश्चिमका नौ जिल्लामा ४४ दशमलव ४१ प्रतिशत रोपाइ भएको छ । गत वर्ष यो प्रदेशमा ८० दशमलव ४५ प्रतिशत क्षेत्रफलमा रोपाइ सकिएको थियो । कैलालीमा यो वर्ष ४० प्रतिशत मात्रै धान रोपिएको छ । यो समयमा गत वर्ष ९५ प्रतिशत धान रोपाइ सकिएको थियो । बाली विकास महाशाखाका निर्देशक सवनम सिवाकोटीले मनसुन भर्खर सक्रिय भएकाले तराई क्षेत्रमा अझै पनि रोपाइ गर्न सकिने भए पनि विगतका वर्षको तुलानमा क्षेत्रफल र उत्पादन दुवै घट्ने बताउनु भयो । सुदूरपश्चिममा मात्रै नभई नेपालमे मनसुन ढिलो हुनु र आकाशे पानीको भरमा रोपाइ गर्नुपर्ने बाध्यताका कारण यस वर्ष अहिलेसम्मको अवधिमा देशभर अत्यन्त कम मात्रै धान रोपाइ भएको छ । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म एक चौथाइ क्षेत्रफलमा पनि रोपाइँ हुन सकेको छैन । रोपाइ थोरै भएपछि उत्पादन घट्ने निश्चित भएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार २२ गतेसम्म नेपालमा औसत २३ दशमलव ७६ प्रतिशत धानखेतमा मात्रै धान रोपाइ भएको छ ।

Share.

About Author

Leave A Reply