सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारको वित्तीय साक्षरता अभियान सुरु

0

महेन्द्रनगर, असार २८
सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले वित्तीय साक्षरता अभियान सुरु गरेको छ । वित्तीय साक्षरता निकै कम्जोर रहेको सुदुरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान शुरु गरीएको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रत्येक नागरिकलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले अभियानको थालनी गरेको हो । वित्तीय साक्षरता सम्बन्धी हाते पुस्तिका सार्वजनिक गर्दै आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहोराले वित्तीय साक्षरताबाट आर्थिक समृद्धिमा महत्वपुर्ण टेवा पुग्ने बताउनु भयो । अभियान अन्तर्गत प्रदेशका सबै स्थानीय तहसम्ममा साक्षरता बारे कार्यक्रम संचालन गरिने भन्दै बोहोराले प्रत्येक नागरिकको हातमा हाते पुस्तिका पुर्याइने बताउनु भयो । प्रत्येक नागरिकको बैंक खाता खोल्ने कुरालाई पनि अभियानले टेवा पुर्याउने बताउदै मन्त्री बोहोराले यसबाट प्रत्येक नागरिकले वित्तीय साक्षरता बारे महत्वपूर्ण ज्ञान हासिल गर्ने बताउनु भयो । वित्तीय साक्षरता हाते पुस्तिकामा बैंक तथा वित्तीय संस्था, सहकारी, बीमा, पुँजीबजारका बारेमा विस्तृत जानकारी उल्लेख गरिएको छ । पुस्तिकाले वित्तीय अनुशासन कायम गर्न तथा आर्थिक कानुनी ज्ञानसमेत प्रदान गर्ने मन्त्री बोहराले विश्वास व्यक्त गर्नु भयो । मन्त्रालयका सचिव गोपाल प्रसाद अर्यालले पुस्तिकामा वित्तीय साक्षरता सम्बन्धी विभिन्न ५८ वटा प्रश्नको जवाफ उल्लेख गरिएको भन्दै यसले वित्तीय अभ्यासलाई शशक्तिकरण गर्ने बताउनु भयो ।

Share.

About Author

Leave A Reply