सुदूरपश्चिम प्रदेश सभाका विभिन्न चार वटा समितिका सभापति निर्विरोध रुपमा चयन

0

महेन्द्रनगर, असोज २१
सुदूरपश्चिम प्रदेश सभाका विभिन्न चार वटा समितिका सभापति निर्विरोध रुपमा चयन भएका छन ।

चारवटा समिति मध्ये तीन जना सत्ता पक्ष नेकपाका र एक जना प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाटका सभापति निर्विरोध भएका हुन ।

निर्बिरोध हुनेमा अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुवर गोविन्द, सामाजिक विकास समितिको सभापतिमा कुन्ती जोशी, बिधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपालू चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा कुमारी नन्दा बम रहनु भएको छ ।

कुवर, जोशी, चौधरी नेकपा र बम नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य हुनुहुन्छ ।

Share.

About Author

Leave A Reply