सुदूरपश्चिम प्रदेश सरकारले अव विपद जोखिममा परेकाहरुको आफै उद्दार गर्नसक्ने

0

महेन्द्रनगर, जेठ १६

प्रदेश ७

सुदूरपश्चिम प्रदेश सरकारले अव विपद जोखिममा परेकाहरुको आफै उद्दार गर्नसक्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज विहीवार वसेको मन्त्रीपरिषद बैठकले यस सम्बन्धमा बनेको कार्य्विधि स्वीकृत गरेपछि उद्दारको बाटो खुलेको हो । यसअघि नीतिगत रुपमा प्रदेश सरकारसँग आपत विपद तथा जोखिममा परेकाहरुको उद्दार गर्नसक्ने ऐन नियमको कार्य्विधि नहुँदा आफै उद्दार गर्न नसकेर संघीय सरकारलाई गुहार्नुपर्ने थियो । मन्त्रीपरिषद बैठकले ‘विपद जोखिम तथा अन्य दुर्घटनामा परेका व्यक्तिहरुको हवाई उद्दार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको कार्य्विधि( २०७६’ लाई स्वीकृती प्रदान गरेको बैठकपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए । उनकाअनुसार आजको बैठकले प्रदेश आयोजना छनौंट सम्बन्धि मापदण्ड २०७६ लाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

Share.

About Author

Leave A Reply