सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको राहत रकम पीडितले अझैं पाउन सकेनन्

0

महेन्द्रनगर, असार २५
सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको राहत रकम पीडितले अझैं पाउन सकेका छैनन् । जेठ २३ गते रातिआएको हावाहुरीले धनगढी उपमहानगरपालिकाका २२ सय ५० घरधुरीमा क्षति पुर्याएको भएपनि पिडितले अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन् । वर्षा सुरु हुदा पनि हावाहुरीबाट प्रभावित अन्य केहि स्थानीय तहले राहत वितरण सुरु गरे पनि धनगढी उपमहानगरपालिकाले भने राहत वितरण गर्नसुरु गरेको छैन् । घरको आधि छानोको टायलहुरीले उडाएपछि छिमेकीकै जस्तापाता उधारोमा किनेर घरको छानो छाएको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मिलनपुर शिविरका हलिया चौधरीले बताउनु भयो । हावाहुरी आएको दोस्रो दिन नगरप्रमुख–उपप्रमुख बस्ती अवलोकनका लागि पुगेको भएपनि अवलोकन गर्दै गर्दा पिडितलाई छिटै राहत मिल्ने आस्वासन दिएको भएपनि अहिले सम्म राहत नपाएको उहाले बताउनु भयो । राहत बोकेर बस्तीमा कोहि पनि नआएको उहाको भनाइ छ । धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले बिभिन्न समस्याका कारण समयमा पिडितलाई राहत दिन नसकेको भएपनि श्रावणभित्र पिडितले राहत पाउने बताउनु भयो । अर्को महिना देखि उपमहानगरपालिकाले पूर्ण क्षति भएको घरलाई १० हजार र आंशिक क्षति भएको घरलाई ५ हजारका दरले राहत दिने उहाले बताउनु भयो । उपमहानगरपालिकाको कार्यपालिकाबाट पूर्ण क्षति भएकाहरुलाई ६ हजार, र आंसिक क्षति भएकालाई ३ हजारका दरले राहत दिने निर्णय भएको भएपनि प्रदेश सरकार र स्थानिय तहको गरेर पूर्ण क्षति भएको परिवारलाई १० हजार र आंसिकलाई ५ हजार रकम दिइने उहाले बताउनुभयो । नगरका कुल २२ सय ५० पिडित परिवारमध्ये कसैले पनि राहत पाउन सकेका छैनन् ।

Share.

About Author

Leave A Reply