सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न किसिमका शैक्षिक छात्रवृतिका लागि छुट्याएको दुई करोड बजेट फ्रिज

0

महेन्द्रनगर, श्रावण ४
सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न किसिमका शैक्षिक छात्रवृतिका लागि छुट्याएको दुई करोड बजेट फ्रिज गएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५र०७६ मा छात्रवृति कार्यक्रमका लागि तीन करोड बजेट विनीयोजन गरेको भएपनि खर्च गर्न नसक्दा २ करोड बजेट फ्रिज गएको हो । समान्य परिवारका केही विद्यार्थीले छात्रवृत्ति रकम पाउदा मन्त्रालयले कर्मचारीका सन्तती छात्रवृत्तिमा भने ३५ लाख बजेट नै खर्च गरेको छ भने कर्मचारी छात्रवृत्ति तर्फ पनि ५ लाख बजेट खर्च गरेको छ तर छात्रवृत्ति वितरणका लागि आह्वान गरेको सूचनामा आवेदन नपरेको दावी गरिएको छ । प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गर्ने एक जना विद्यार्थीलाई छात्रवृति दिन चार लाख विनियोजन गरेको थियो। तर त्यो रकम पनि खर्च नहुँदा फ्रिज गएको छ । उक्त छात्रवृत्ति दलित, मुसहर लगायत जातिका मध्येबाट एक जना छनौट विद्याथी छनौट गर्न नसक्दा रकमा फ्रिज गएको हो । छात्रवृत्तिका लागि आवेदन नै नपरेको सामाजिक विकास मन्त्रालयले दावी गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर बहादुर विष्टले पनि गत आर्थिक वर्षमा विभिन्न कारणले छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गर्न नसक्दा बजेट फ्रिज गएको बताउनु भयो । यस्तै प्रदेश सरकारले कर्मचारी शैक्षिक छात्रवृत्ति, कर्मचारी सन्तती छात्रवृत्ति, जयपृथ्वी बहादुर छात्रवृत्ति र टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम ल्याएको थियो । तर कर्मचारी सन्तती छात्रवृत्तिमा ३५ कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति वितरण गरिएपनि अन्य कार्यक्रम तर्फको बजेट खर्च नै हुन सकेको छैन् । मन्त्रालयले कर्मचारीका छोराछोरीलाई एक लाखका दरले ३५ जनालाई ३५ लाख र पाच जना कर्मचारीलाई पनि एक एक लाखका दरले ५ लाख छात्रवृत्ति रकम वितरण गरेको प्रवक्ता विष्टले बताउनु भयो । प्रदेश सरकारले विभिन्न दश शिर्षकको छात्रवृत्तिका लागि तीन करोड पँच लाख भन्दा बढि रकम विनियोजन गरेको थियो । तर छात्रवृत्तिका लागि विनियोज भएको रकमको आधा पनि खर्च भएन् । छात्रवृत्ति वितरणका लागि आह्वान गरिएको सूचनामा आवेदन नपरेपछि वितरण गर्न नसकिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्टले दावी गर्नु भयो ।

Share.

About Author

Leave A Reply