सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धि र नसर्ने रोग तथा दिर्घरोगीका लागि एक दिने स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सम्पन्न

0

महेन्द्रनगर, बैशाख २९
कंचनपुरको बेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुरको सरस्वती माध्यमिक विद्यालयमा सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धि र नसर्ने रोग तथा दिर्घरोगीका लागि एक दिने स्वास्थ्य प्रवद्र्धन कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमको सभाध्यक्ष बेदकोट नगरपालिकाका वडा नम्बर ५ का अध्यक्ष गणेश बिकको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.५ र ६ का जनसमुदायको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण राष्टिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्र टेकु काठमाडौ स्वास्थ्य शिक्षा अधिकृत इन्द्र ब बानियाले सुर्तिजन्य पदार्थ बाट मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सहजीकरण गर्नु भएको छ । कार्यक्रमको आयोजना राष्टिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्र टेकु काठमाडौ र स्वास्थ्य कार्यालय कंचनपुरले गरेको थियो ।

Share.

About Author

Leave A Reply