सुवास र विनोद भण्डारीको राष्ट्रिय टिममा कमब्याक

0

महेन्द्रनगर, जेठ ३०
करिव एक बर्षपछि सुवास खकुरेलले राष्ट्रिय टिममा कमब्याक गरेका छन । सुवास मात्र होइन खराव फर्मका कारण धेरै आलोचना भोगेका विनोद भण्डारीले पनि राष्ट्रिय टिममा स्थान बनाएका छन । नेपालले लर्डसमा खेल्ने त्रिकोणात्मक श्रृखंलाका लागि सुवास र विनोद भण्डारीले पहिलो चरणका टिममा स्थान बनाएका छन । एमसीसी, नेदरल्याण्डस् र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृखंलाका लागि छनोट गरिएका १७ खेलाडीको सुचिमा सुवास र विनोदका साथै सुनिल धमलाको नाम पनि परेको छ । औलाको चोटका कारण सुरुवातमा टिमबाट बाहिर भएका सुवास कमब्याक गर्ने तयारीमा हुँदा हुँदै करीव नौ महिना अगाडी बाइक दुर्घटनामा परेर नाडीको सल्यक्रिया गरेपछि मैदानबाहिर रहदै आएका थिए । तर उनले धनगढीमा भएको डिपिएलबाट घरेलु क्रिकेटमा कमब्याक गरेका थिए । सो बेला पनि चोट पुर्णरुपमा निको नहुदै मैदानमा उत्रिएका सुवासले हालै सम्पन्न एकदिवसिय क्रिकेटमा राम्रो प्रर्दशन गरेका थिए । पुरै प्रतियोगितामा दुई सय आठ रन बनाएका सुवासले एक सतक पनि हिर्काएका थिए । विकेटकिपर ब्याट्सम्यान सुवाससँगै विनोद भण्डारीले राष्ट्रिय टिमको ढोका पुनः खोलेका छन । विश्व खराव फर्मका कारण विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत युएई विरुद्धको खेलबाट टिम बाहिर भएका भण्डारीले त्यसपछि नामिवियामा भएको डिभिजन टु, जिम्बावेमा भएको विश्वकप छनोट लगाएतका प्रतियोगिता गुमाएका थिए । तर घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका कारण उनलाई पुन लर्डसमा हुने त्रिकोणात्मक सिरीजमा १७ खेलाडीमा राखिएको छ । विभागिए टिम त्रिभुवन आर्मीका कप्तान रहेका भण्डारीले इपिएलमा खासै राम्रो खेल्न नसकेपछि धनगढी प्रिमियर लिग र प्रधानमन्त्री एकदिवसिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

 

 

Share.

About Author

Leave A Reply