हङ्‌कङ प्रदर्शन: पहिलो गोली प्रहारको निम्ति केले प्रेरित गर्‍यो

0
प्रहरी बन्दुक ताक्दैतस्वीर कपीराइटREUTERS

गृष्मकालीन मौसमदेखि हङ्‍कङमा एउटा राजनीतिक सङ्कट उत्पन्न भएको छ र त्यो उपनगरीय आवास क्षेत्रदेखि अत्याधुनिक बजार रहेको स्थानसम्म हरेक क्षेत्रमा फैलिएको छ।

यो कहिलेकहीँ हिंस्रक झडपहरूमा पनि बदलिने गरेको छ।

गत जुनपश्चात्‌ पहिलो पटक आइतवार अगस्ट २५ मा कामदारहरू बसोबास गर्ने सुन वान जिल्लामा प्रदर्शन भयो। केहीले एकदमै खराब हिंसा अन्त्य भएको आशा गरेका थिए। तर त्यो नयाँ तीव्रताका साथ भड्कियो।

एकजना प्रहरी अधिकारीले चेतावनीस्वरूप एउटा गोली प्रहार गरे। यो गत जुनमा प्रदर्शन सुरु भएयताको पहिलो प्रत्यक्ष गोली प्रहार थियो।

अनि पहिलो पटक नै पानीको फोहोरा पनि प्रयोग गरियो।

पक्राउ परेका दर्जनौँ मानिसहरू मध्येमा सबैभन्दा कान्छा एक १२ वर्षका पनि थिए।

यी सबै घटनाहरूले एउटा नयाँ खाले अनिष्टतर्फ सङ्केत गरेको भावना उत्पन्न गराएका छन्।

एकजना प्रदर्शनकारी कुमाले

ङ्‍कङमा एक साँझ

यो हङ्‍कङको एक साँझको कथा हो। सुन वानको प्रदर्शन अन्य क्षेत्रकै जस्तो गरि सुरु भएको थियो।

त्यहाँका मानिसहरूको एउटा समूह उनीहरूको प्रदर्शन आफ्ना छिमेकी क्षेत्रहरूमा पनि चिनियोस् भन्ने चाहन्थे।

त्यस्तो प्रदर्शनका लागि एउटै माध्यम इन्क्रिप्टेड भनिने आदानप्रदान गरिएको सन्देश पठाउने र पाउनेले मात्र हेर्न मिल्ने प्रणाली भएको एप टेलिग्राम मात्र थियो।

जहाँ दर्जनौँ समूहहरू प्रदर्शन जीवित, रणनीतिक, व्यवस्थित र सहभागीहरूको आगमन कायम रहोस् भन्ने सुनिश्चित गर्न चाहन्थे।

प्रदर्शनकारीको तयारी

हजारौँ सदस्यहरूका केही समूहरूले रणनीतिबारे छलफल गरे। साना खाले च्यानलहरूले बन्दोबस्तीको व्यवस्थापन र प्रदर्शनको प्रत्यक्ष प्रसारण गरे।

कतिपय व्यक्तिगत च्यानलहरूले आवश्यक सामग्रीको आपूर्ति र प्राथमिक उपचारका सामग्री प्रदान गर्नुका साथै पोस्टरहरू बनाए।

क्वाई चुङ र सुन वानका करिब एक दर्जन अथवा धेरै नै अपरिचितहरू अगस्ट २५ को प्रदर्शन आयोजना गर्न गत जुनमा टेलिग्राममा जोडिएका थिए।

त्यसमध्येका एकजना २६ वर्षका कुमाले पनि थिए।

उनले भने, “हामीले कहिल्यै पनि सोचेका थिएनौँ हामी आफैँले यो गर्नेछौ।”

केही दिन भित्रै प्रवर्द्धन, स्वास्थ्यसम्बन्धी स्वयम्‌सेवी, आपूर्ति खरिदकर्ता र चालकहरू समेतका पूर्णत: स्थापित ती टेलिग्राम समूहहरूले सुन वानको र्‍यालीलाई कार्यान्वयनमा ल्याए।

त्यसमा र्‍यालीको अनुमतिका लागि प्रहरीसँग कसरी समझदारी गर्ने भन्ने सम्मको सल्लाह गरिएको थियो।

सन् २०१४ को छाता जुलुसतस्वीर कपीराइटGETTY IMAGES

आइतवार २५ अगस्ट: र्‍यालीको तयारी

आपूर्ति समूहले १० वटा ठूला पानीका थैलाहरू, मल्हम पट्टीहरू र अन्य आवश्यक सामग्रीहरू जम्मा पारे। त्यो त्यहाँका बासिन्दाहरूले दान गरेका थिए।

“र्‍यालीभन्दा अगाडि हामीले सम्भावित स्थलहरू पहिचान गरेका थियौँ, जसले गर्दा हामीले केही आवश्यक कुराहरू र सुरक्षात्मक कुरा नजिकै राख्न सक्थ्यौँ”, एकजना स्वयम्‌सेवक भिटाले भने।

सबैजनाले आफ्नो स्थानबाट सकेको योगदान गरेकाले त्यो प्रदर्शन ठूलो भएको ती कुमालेले बताए।

तर उनले आफू उक्त प्रदर्शनको नेता नभएको बताए। वास्तवमा कसैले पनि आफूलाई नेता भनेर चिनाउँदैनन्।

उक्त प्रदर्शनको नेता को हो भनेर नचिनिदाँ सरकारलाई त्यसमा अवरोध गर्न कठिन हुन्छ भन्ने प्रदर्शनकारीलाई थाहा थियो।

उनीहरूले सार्वभौमिक मताधिकारको माग गर्दै सन् २०१४ मा गरिएको छाता आन्दोलनबाट पाठ सिकेका थिए।

केन्द्रीय हङ्‌कङमा कब्जा जमाएको ७९ दिन लामो उक्त छाता आन्दोलनले कुनै माग सम्बोधन गराउन सकेन र सरकारले त्यसका नेताहरूलाई जेल हाल्यो।

यसपटक भने आन्दोलनलाई कतातिर लाने भन्नेबारे महत्त्वपूर्ण निर्णय गर्नका लागि लोकप्रिय म्यासेजिङ फोरम एलआईकेजी प्रयोग गरिएको थियो।

त्यहाँ गरिएका पोस्टबारे हजारौँले मत हालेका थिए र जुन रणनीतिले सबैभन्दा धेरै मत पायो त्यसैलाई कार्यान्वयनमा ल्याइयो।

उक्त प्रदर्शनमा उग्र सोच राख्नेहरू नभएका होइनन्। तर उनीहरूको सङ्ख्या एकदमै थोरै थियो।

Protest

दिउँसो ३ बजे: प्रदर्शन सुरु

सुन वानको मुख्य स्थानभन्दा करिब साढे दुई किलोमिटर टाढा वर्षाकाबीच हजारौँ मानिसहरू बिस्तारै भेला हुन थाले।

उनीहरूले ‘हङ्‌कङका मानिसहरू उर्जा जोड’ अर्थात् ‘अघि बढौँ’ भन्दै नारा लगाएका थिए।

पहिले त्यहाँ हिंसा नभड्किएकाले साना बालबालिका सहितका परिवार, वृद्धवृद्धा र युवापुस्ताका मानिसहरू पनि सहभागी थिए।

केही युवाहरूले त्यहाँको यातायात अवरोध गर्न बारहरू लगाए। र्‍यालीको आधिकारिक अन्त्य गर्ने भनिएको सुन वान पार्कमा मानिसहरूको भीड पुगेपछि त्यहाँबाट कता जाने भन्ने उनीहरूले तय गर्न सकिरहेका थिएनन्।

त्यसै बेला केही मिटर पर येङ युक रोडमा अवरोधहरू सिर्जना गरिएका थिए।

त्यहाँ सयौँ कालो लुगा र पहेँलो ह्याट लगाएका अतिवादी प्रदर्शनकारीहरू भेला भइरहेका थिए। त्यसमध्येका केहीले शान्तिपूर्ण प्रदर्शनतर्फ पाइला अघि बढाए।

अतिवादी प्रदर्शनकारीहरू प्रहरीलाई उत्तेजित पार्ने र सरकारले केही कडाखाले कदम चालोस् भन्नेमा विश्वास गर्छन्।

उनीहरू अश्रुग्याँस र रबरका गोली सामना गर्न तयार भएका थिए। उनीहरूले प्रहरीतर्फ फ्याक्नका लागि फुटपाथबाट इँटा निकाले, धातुका टुक्राहरू र बाँसका खम्बाहरू जम्मा पारे।

यद्यपि यस्ता दृश्य हङकङका लागि अहिले सामान्य भए पनि अतिवादी समूह चाहिँ उग्र बन्दै गएका छन्।

यसबेला उनीहरू पेट्रोल बमका साथमा आएका थिए।

प्रदर्शनकारी बालबालिका

दिउँसो ४:५० बजे:दङ्गा प्रहरीको आगमन

टेलिग्राममा दङ्गा प्रहरी आउँदै गरेको सूचना आयो। प्रदर्शन सुरु भएदेखि प्रदर्शनकारीहरूका लागि प्रहरी घृणाका पात्र भएका छन्।

कतिपयले नारा लगाइरहेका थिए भने प्रहरीले जानाजान कानुन तोडेको भन्दै केही मानिस कराए।

अकस्मात् उग्रवादी प्रदर्शनकारीहरूले उनीहरूका अवरोधलाई प्रहरीतर्फ ५० मिटरजति अघि बढाए। उनीहरूले अवरोधका गर्न लगाएका बार पछाडि इँटा र धातुका वस्तु लुकाएका थिए।

प्रहरीलाई अघि बढ्नबाट रोक्नका लागि केहीले प्रहरीतर्फ अण्डाहरू हुत्याए केहीले भने जमिनमा साबुन र ब्याट्री लडाए।

त्यसपछि प्रहरीले चेतावनीको रातो झण्डा देखायो। त्यसको सङ्केत भनेको भिडलाई तितरबितर पार्नु थियो।

त्यसको केही मिनेटमै प्रहरीले अश्रुग्याँस प्रयोग गर्ने सङ्केत स्वरूप कालो झण्डा देखायो।

स्वास्थ्य टोली
Image captionस्वास्थ्य टोली

साँझ ५:१५ बजे: झडप सुरु

प्रहरीले अश्रुग्याँस छेक्ने मास्क लगाए र प्रहारका लागि तयार भए। प्रहरी कार्यविधिका अनुसार प्रदर्शनकारीहरूलाई भाग्न दिनका लागि चेतावनी र अश्रुग्याँस प्रहारबीच केही समय हुनुपर्छ। तर प्रदर्शनकारीहरू पनि जब्बर थिए, किनकि अचेल अश्रुग्याँस प्रहार गरिनु नियमित जस्तै भएकाले उनीहरूले पनि मास्क लगाए।

तनावका २० मिनेट गुज्रिए। अश्रुग्याँसको पहिलो प्रहारपश्चात् प्रदर्शनकारीले मोलोटोभ ककटेल्स प्रहार गरे।

धुँवा निस्किए पछि त्यहाँ पहिलो पेट्रोल बम प्रहार भयो।

अश्रुग्याँसको असर कम गर्न कतिपयले पानीका थैला फ्याँके भने अझ धेरै इँटा र धातुहरू प्रहरीमाथि प्रहार भए। कतिले त छाताले तानेर अश्रुग्याँसको डल्लै प्रहरीतर्फ फर्काइदिए।

नजिकैको सपिङ मलमा बसेका स्वयम्‌सेवकहरूले घाइते प्रदर्शनकारीको प्राथमिक उपचार गरे।

दंगा प्रहरी

साँझ ६ बजे

टेलिग्राममा उक्त क्षेत्रमा पानीको फोहोरा ल्याइएको खबर आयो। त्यसरी त्यहाँ प्रदर्शनकारीमाथि प्रहार गर्न पहिलो पटक पानीको फोहोरा ल्याइएको थियो।

साँझ ६:३० बजे

धेरै प्रदर्शनकारी जुन अवस्थामा थिए त्यसै अवस्थामा बसे। कतिपयले रेलिङमा बाँस र धातुका छडीले हानिरहेका थिए। केहीले त आकाशे पुलमा चढेर पनि प्रहरीमाथि इँटा प्रहार गर्न थाले। दर्जनौँ प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरिरहेका थिए।

दंगा प्रहरी

साँझ ६:५३ बजे

पानीका फोहोरा हान्ने दुईवटा ट्याङ्कहरूलाई प्रहरीको पङ्ति रहेको सडक मुन्तिर लडाए पछि मात्र मुख्य लडाइँ समाप्त भयो।

त्यहाँ भएको त्यस्तो घटनाले पनि हङ्‍कङलाई खासै धेरै अचम्म बनाएन। किनकि अचेल हङ्‌कङमा यस्तो भइहरेकै छ।

त्यसपछिको घटनाले भने सबैलाई अचम्म पार्‍यो।

त्यस दिनको प्रदर्शनका क्रममा गैरकानुनी काम गरेको र प्रहरी अधिकारीहरूमाथि हमला गरेको आरोपमा पक्राउ गरिएका ५४ जनामध्ये एकजना १२ वर्षका बालक पनि छन्। उनको पक्राउको समाचार अनलाइनभरि फैलियो।

पक्राउ हुँदै गर्दा उक्त बालकले कराएर आफ्नो परिवारका सदस्यको नाम र फोन नम्बर भनेका थिए।

पछि उसका अभिभावकसँग सम्पर्क गर्ने र बालकलाई धरौटीमा रिहा गराउने सामाजिक कार्यकर्तालाई हामीले भेट्यौ।

त्यो घटनापछि युवाहरूको एउटा सानो समूह सुन वानको सडकमा केही आक्रमण गर्ने वस्तु लिएर घुमेको थियो।

अश्रुग्यासतस्वीर कपीराइटBILLY H.C. KWOK – GETTY IMAGES

साँझ ७:३० बजे: हावामा गोली चलाइयो

करिब साँझ ७:३० बजे प्रहरी अधिकारीहरूको एउटा समूह प्रदर्शनकारीहरूको एउटा समूहसँग आमनेसामने भयो।

ढाल पक्रदैँ एकजना अधिकारीले हावामा गोली चलाए। १२ साताको प्रदर्शनमा यो पहिलो प्रत्यक्ष गोली प्रहार थियो।

प्रहरी बन्दुक ताक्दैतस्वीर कपीराइटEYEVINE

अन्य पाँचजना प्रहरी अधिकारी पनि बन्दुक ताक्दै प्रदर्शनकारीतर्फ अघि बढे।

केही व्यक्तिलाई बन्दुक ताकेको प्रहरीको तस्बिर अनलाइनहरूमा व्याप्त भयो र त्यसलाई प्रहरीको बर्बरताको रूपमा अर्थ्याइयो।

कतिपयले ३० वर्ष पहिलेको तियानआन्मेनको घटनासँग पनि यसको तुलना गरे।

तर सबैतर्फबाट त्यसदिन खिचिएको भिडिओ फुटेज हेर्दा उक्त घटना थप जटिल देखिन्छ।

घटनापछि जारी प्रहरीको वक्तव्यमा प्रहरी अधिकारीले आफ्नो सुरक्षाका लागि अन्य विकल्प नभएको जनाइएको छ।

Share.

About Author

Leave A Reply