होटल व्यवसायी संघ कञ्चनपुरको २४ औ साधारण सभा अतिथि सत्कार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षण भन्ने मुल नाराका साथ सम्पन्न

0

महेन्द्रनगर, भाद्र २
कञ्चनपुरका होटल व्यवसायीहरुले पर्यटन प्रवद्र्धनका लागि सीमामा हुने सास्तीको न्युनीकरण हुनु पर्ने धारणा राखेका छन् । आज कञ्चनपुरको महेन्द्रनगरमा होटल व्यवसायी संघ कञ्चनपुरको २४ औ साधारण सभामा धारणा राख्ने अधिकाशं होटल व्यवसायीहरुले सीमाबाट ओहोरदोहोर गर्ने पर्यटकलाई अनावश्यक दुख दिने क्रम नरोकिएको गुनासो गरेका हुन । अतिथि सत्कार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षण भन्ने मुल नाराका साथ आज सम्पन्न साधारण सभाले आगामी दिनमा होटल व्यवसायीहरुको समस्या समाधान गर्न पहल निरन्तर गर्ने निर्णय गरेको छ । २४ औ साधारण सभाका सभापति होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रमानन्द भण्डारी रहनु भएको थियो भने प्रमुख अतिथिमा होटल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष पदमराज अवस्थी रहनु भएको थियो । साधारण सभामा होटल व्यवसायी संघ कञ्चनपुरका महासचिव सुशिल कुमार भट्टले आर्थिक वर्ष २०७५)७६ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कञ्चनपुरका होटल व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Share.

About Author

Leave A Reply