१४ औँ महाधिवेशनको मिति निर्धारण गरि अघि बढ्न नेतृत्वलाई दबाब

0

महेन्द्रनगर, श्रावण १२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औँ महाधिवेशनको मिति निर्धारण गरि अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपुर्ण एजेण्डाको रुपमा छलफल हुदै आएको छ । केही सदस्यहरुले तत्कालका लागि विधानको संक्रमणकालीन व्यवस्था अनुसारको संरचना बनाउने र केही समयपछि महाधिवेशन गर्ने विषयमा धारणा राखेका छन् भने केहीले महाधिवेशन समयमै गर्नुपर्ने तर्क गरेका छन् । साथै केही सदस्यले विधानलाई निलम्बित गरेर काम गर्न नसकिने उल्लेख गर्दे विधान विपरीत कुनै पनि विषयमा सहमति र सम्झौता हुन नसक्ने भएकाले महाधिवेशनको समय निर्धारण गरी क्यालेन्डर बनाएर अघि बढ्नुपर्ने धारणा राखेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको विधानको धारा ७१ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाएर १४ औ महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल केन्द्रित भए पनि निष्कर्षमा भने पुगि नसकिएको बताउनु भयो । केन्द्रीय सदस्य अर्जुन नरसिंं केसीले कार्यतालिका अनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताउनु भयो । उहँले संक्रमणकालीन व्यवस्थाको नाममा भर्खरै बनाएको विधानलाई निलम्बित गरेर विधान विपरीत कुनै पनि सहमति सम्झौता गर्न नसकिने बताउनु भयो । असार २२ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक बीचमा रोकिँदै चल्दै आएको छ ।

Share.

About Author

Leave A Reply