१७ वर्षिय क्रिकेटरले लगायो दोहरो शतक , तोडियो २१ वर्ष अघिको विश्व रेकर्ड ।

0

न्युजिल्यान्ड कि १७ वर्षिय महिला क्रिकेटर एमेलिया केरले आयरल्यान्ड विरुद्ध अविजित २३२ रन बनाएर विश्व रेकर्ड कायम गरेकी छिन ।

यो सङ्गै एमेलिया दोहरो शतक लगाउने महिला र पुरुष क्रिकेट खेलाडी मध्ये सबैभन्दा कम उमेरमा दोहोरो शतक लगाउने क्रिकेटर बनेकी छिन ।

यस अघि अन्तर्राष्ट्रिय क्रिकेटमा दोहरो शतक लगाउने महिला क्रिकेटर अस्ट्रेलिया कि बेलिंडा क्लार्क मात्र थिईन । उनले २१ वर्ष अगाडि डेनमार्क बिरुद्ध मात्र १५५ बलमा नटाआउट २२९ रन बनाएकी थिईन ।

आज डब्लिनमा भएको महिला एकदिवसीय खेलमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले एमेलियाको दोहरो मद्दतले ३ विकेट गुमाउदै ४४० रनको बिशाल योगफल तयार गरेको थियो । ओपनिङ ब्याटिङ गर्न आएकि एमेलियाले ३१ चौका र २ छक्का को मद्दतले मात्र १४५ बलमा नटआउट २३२ रन बनाएकी थिइन भने लेहिग कस्पृकले ११३ तथा एम्मि स्याथरोईटले रन बनाएका थिए ।

 

Share.

About Author

Leave A Reply