४० हजार ९ सय नक्कली भारतीय रुपैयाँ सहित दुई जना पक्राउ

0

महेन्द्रनगर, श्रावण ४
जिल्ला प्रहरी कार्यालय कैलालीले ४० हजार ९ सय नक्कली भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुबै जना भारतीय नागरिक रहेका छन् । भारतको लखिमपुरका श्रवण सिंह र सुरजित सिंहलाई प्रहरीले पक्राउ गरेको हो । आज शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा बस्ने दुबै जनालाई भारतिय रुपैयाँको अबैध कारोवार गरिरहेको भन्ने सुचनाका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी उपरिक्षक दक्ष बस्नेतले बताउनु भयो । सुन खरिद गर्न आएका दुवै जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको हाम्रा सहकर्मी निर्मला खडायतले जानकारी दिनु भयो ।

Share.

About Author

Leave A Reply