४५ लाखमा ३५० किमि माइलेज दिने बीवाईडीको नयाँ एमपीभी नेपाल आउँदै

0
Not found

 

काठमाडौं । चिनियाँ इलेक्ट्रीक सवारी उत्पादक कम्पनी बीवाईडीले नेपाली बजारमा मिनि मल्टि यूटिलिटी भेइकल (एमपीभी) एम-३ ल्याउने भएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ गाडी ल्याउन लागेको हो ।

मिनि एमपीभी एम-३ गाडी ५ सिटर र ७ सिटर अप्सनमा उपलब्ध हुनेछ । यो गाडीको सुरुवाती मूल्य करिब ४५ लाख रुपैयाँ पर्ने साइमेक्सले जनाएको छ ।

बीवाईडी एम-३ ले फूल चार्जमा ३५० किलोमिटर रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ । यो कारको अधिकतम गति करिब १३० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ ।

यो गाडी नेपाली बजारमा छिट्टै सार्वजनिक हुने साइमेक्सले जनाएको छ । यसअघि कम्पनीेले बीर्वाडीको इ६ कार ल्याएको थियो ।

Share.

About Author

Leave A Reply