५०० ग्राम चरेशसहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ

0

महेन्द्रनगर, बैशाख ०५
लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले एक किलो ५०० ग्राम चरेशसहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । मंगलबार साँझ भीमदत्तनगरपालिका–४ बसपार्क क्षेत्रबाट बझाङ छबिस पाथीभरा गाउँपालिका–४, कडेलका चन्द्रदेव जोशीलाई ब्यूरोको टोलीले चरेशसहित पक्राउ गरेको हो । पक्राउ गरेका जोशीलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।
यसैविच कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागु औषधका कारोबारी, संलग्न र सेवनकर्तालाई धमाधम पक्राउ गरेर कार्बाही थालेको छ । तर, जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी–बैलौरीमा लागु औषधका कारोबारी, संलग्न व्यक्तिलाई भने छुट दिएको छ । खुलेआम दक्षिणी क्षेत्रमा लागु औषधको तस्करी, कारोबार, सार्वजनिक स्थानमा सेवन हुँदा पनि प्रहरीले संलग्न पक्षलाई पक्राउ नगरेको भन्दै अभिभावक सशंकित भएका छन् । कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले लागु औषध सहित दैनिक पक्राउ गरेका समाचार बाहिर आएपनि बेलौरी–बेल्डाँडी क्षेत्रबाट लागु औषधका कारोबारी, संलग्न व्यक्तिलाई पक्राउ नगरेको भन्दै समाजिक अगुवा हैरान भएका हुन् । सीमा क्षेत्र भएकाले पनि तस्कर मौलाएको समाजिक अगुवाको भनाई छ । बेल्डाँडीका एक अभिभावकले खुलेआम जताततै सरकारी कार्यालय परिसरमै लागु औषधको कारोबार, सेवन तथा ओसारपोसार हुँदा पनि स्थानीय सरकार र प्रहरीले वेवास्ता गरेको गुनासो पोखेका छन् ।

 

 

Share.

About Author

Leave A Reply